जुम्लाको एकदमै विकट पातारासी गाउँपालिकामा पहिलोपटक पुग्यो मोबाइल सेवा

बिजमाण्डू
२०८१ मंसिर १७ गते १७:१० | Dec 2, 2024
जुम्लाको एकदमै विकट पातारासी गाउँपालिकामा पहिलोपटक पुग्यो मोबाइल सेवा

काठमाडौं। नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ। पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरेर टेलिकमले आइतबारदेखि टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

Tata
GBIME

जुम्लाको अति विकट क्षेत्र पर्ने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्नेहरुले पहिलो पटक  दूरसञ्चार सेवा पाएका छन्।

योसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने टेलिकमले जनाएको छ।