ब्याजदर घटेको फाइदा उठाउँदै ठूला लगानीकर्ता, सेयर धितोमा कुन बैंकले दिए कति ऋण?

आकाश बोगटी
२०८१ कात्तिक २० गते ०६:१९ | Nov 5, 2024
ब्याजदर घटेको फाइदा उठाउँदै ठूला लगानीकर्ता, सेयर धितोमा कुन बैंकले दिए कति ऋण?

काठमाडौं। चालु आर्थिक वर्ष पछिल्लो दुई महिनामा वाणिज्य बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा साढे १२ प्रतिशतले बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर तरलता थुप्रिंदा ब्याजदर घट्दै आएपछि सेयर धितो कर्जा बढ्न थालेको हो।

Tata
GBIME
NLIC

पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुबाट मात्र मार्जिन प्रकृतिको कर्जा ८ अर्ब ८० करोड रुपैयाँ थपिएको छ। यो कुल सेयर कर्जाको १२.५० प्रतिशत हो। २०८१ असारसम्म बैंकहरुबाट यस क्षेत्रमा ७० अर्ब ३४ करोड कर्जा गएकामा भदौ मसान्तसम्म आइपुग्दा ७९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट भदौ मसान्तसम्म कुल ५२ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

निरन्तर ओरालो लागेर कर्जाको ब्याज एकल अंकमा आएपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको हो। गत असार मध्यपछि सेयर बजार निरन्तर उकालो लाग्दा कारोबार निकै बढेको थियो। साउन मसान्तमा नेप्से ३००० विन्दुमा पुग्दा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको थियो।

बैंकहरुले अहिले सेयर धितो कर्जा एकल अंकको ब्याजदरमा दिइरहेका छन्। ऋणको ब्याजदर तीन वर्षयताकै सस्तो छ।

यसबाहेक राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लचकता अपनाएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको सीमा हटाएका कारण पनि ऋण लगानी वृद्धि भएको हो।

पछिल्लो दुई महिनामा १५ वाणिज्य बैंकबाट यस क्षेत्रमा जाने कर्जा बढ्दा ४ बैंकको भने खुम्चिएको छ। स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन।

सेयर विश्लेषक अनलराज भट्टराई लगानीका अन्य क्षेत्र सुस्त हुँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जा केही बढेको बताउँछन्। ‘कर्जाको ब्याजदर घट्‌दै गइरहेको छ। त्यसैले संस्थागत लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रम बढेकाले कर्जाको माग बढेको हो,’ उनले भने।

नेपाल एसबिआइ बैंकको कर्जाको वृद्धिदर सबैभन्दा धेरै ११५.६१ प्रतिशत छ। पछिल्लो दुई महिनामा एसबिआइबाट यस क्षेत्रमा जाने कर्जा २३ करोड थपिएको छ। सेयर धितो कर्जा धेरै प्रवाह गर्नेमा कुमारी बैंक छ। बैंकले पछिल्लो दुई महिनामा यस क्षेत्रमा २ अर्ब २३ करोड कर्जा बढाएको छ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामचन्द्र खनाल संस्थागत लगानीकर्ताहरुबाट माग बढेका कारण सेयर धितो कर्जाको आकार धेरै देखिएको बताए।

‘राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको हकमा कर्जाको सीमा हटाउनुका साथै जोखिम भार घटाएका कारण ठूला लगानीकर्ताबाट माग बढेको छ। त्यही कारण ऋण लगानी बढेको हो,’ उनले भने।

ग्लोबल आइएमई बैंकले सेयर धितोमा २ अर्ब १६ करोड लगानी थपेको छ। सेयर धितो राखेर एभरेष्ट बैंकले भने २ करोड रुपैयाँ मात्र कर्जा बढाएको छ।

एनआईसी एसिया बैंकको सेयर धितो कर्जा सबैभन्दा धेरै खुम्चिएको छ। यो बैंकको सेयर धितो कर्जा १८.९८ प्रतिशतले खुम्चिएको हो।

एनआईसी एसिया बैंकका डेपुटी सीइओ अर्जुनराज खानियाँ पुँजी कोषमा दबाबका कारण असुलीमा केन्द्रित हुँदा सेयर धितोमा जाने कर्जा केही खुम्चिएको बताउँछन्।

बैंकहरुले सेयर धितोमा गरेको ऋण लगानीको अवस्था

बैंक२०८१ असारम्म सेयर धितो कर्जा
(रु. दश लाखमा)
२०८१ भदौसम्म सेयर धितो कर्जा
(रु. दश लाखमा)
फरक (प्रतिशत)
प्राइम कमर्सियल४,०५३.७५५,२७२.७७३०.०७
माछापुच्छ्रे४६७.०७८४८.२९८१.६२
नेपाल एसबिआइ२०१.५९४३४.६४११५.६१
कुमारी४,३७६.२४६,६०१.७६५०.८५
कृषि विकास१,५९१.६११,५८१.७८-०.६२
प्रभु३,१८१.५०३,०९२.०२-२.८१
सानिमा१,६५१.५३१,८०३.६३९.२१
एनएमबि९८०.८४१,४६३.४४४९.२०
लक्ष्मी सनराइज३,३८९.४७३,९९७.६८१७.९४
एनआईसी एसिया३,९६९.०२३,२१५.७८-१८.९८
राष्ट्रिय वाणिज्य४,२६२.२७४,०८३.४०-४.२०
नबिल११,४२७.८११०,५२८.१४-७.८७
ग्लोबल आइएमई७,५१७.३७९,६७१.४७२८.६५
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल६,७८०.८४७,२९८.९३७.६४
एभरेष्ट२,०२६.९२२,०४३.८३०.८३
नेपाल इन्भेष्टमेन्ट१,८५८.२८२,९२७.६५५७.५५
सिटिजन्स४,८०७.०२५,२७५.६९९.७५
सिद्धार्थ५,७८९.७८७,१६६.४४२३.७८
हिमालयन२,०११.८११,८३३.७०-८.८५
औसत७०,३४४.७२७९,१४१.०४१२.५०
स्रोत : नेपाल राष्ट्र बैंक