काठमाडौं। विन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयरको प्रस्तावसहित साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।
कम्पनीले बोनस सेयरको प्रस्ताव पारित गर्न मंसिर ६ गते साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २८ गते बुकक्लोज मिति तोकेको छ। साधारण सभामा सञ्चालक समितिको संख्या संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेस गरिनेछ।