काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
गठबन्धनमा रहेका दलहरुबीच समान धारणा बनाउन बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेता बैठकमा सहभागी छन्।
पछिल्लो समय सरकारमा सहभागी दलहरुबीचको सहकार्यमा प्रश्न उठेको भन्दै गठबन्धनभित्र चर्चा हुने गरेको थियो।