सहकारी बचत रकम दुरुपयोग छानबिन समितिले रामकृष्ण ढकाल सहित ६ जनासँग गर्‍यो छलफल

बिजमाण्डू
२०८१ भदौ २४ गते १५:३२ | Sep 9, 2024
सहकारी बचत रकम दुरुपयोग छानबिन समितिले रामकृष्ण ढकाल सहित ६ जनासँग गर्‍यो छलफल


काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले गायक रामकृष्ण ढकाल सहित अन्य ऋणीहरुसँग छलफल गरेको छ।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर आज सहकारीका ऋणीरुरूको अनुभवकेन्द्रित परामर्श र छलफल गरिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

ललिगुराँस सहकारीबाट ऋण लिएर कुनै समय घर लिलामीको प्रकरणमा पुगेपछि रामकृष्ण ढकाल चर्चामा आएका थिए। त्यस्तै, समितिले सागर बगाले, कुन्दन अर्याल, सुरेश आचार्य, अनन्तकान्त मैनाली र विदुर धमलासँग पनि आज परामर्श गरेको छ।

सहकारीले ऋण खडा, धितो लिलाम र अन्य प्रक्रिया अपनाउँदा खासमा के गरिरहेका छन् भनेर जानकारी लिने हिसाबले बैठक महत्त्वपूर्ण भएको संयोजक थापाले बताए। सहकारीले देखाउने ऋण वास्तविक ऋणका रूपमा कति हो/होइन भन्ने प्रश्न पनि खडा भएको उनले बताए।

समितिले सहकारी ठगीमा जोडिएका ४ दर्जन भन्दा बढी मानिसँग सोधपुछ गरिसकेको छ।