लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट पहिलो, ५.५३ प्रतिशत नगद, बोनस सेयर कति ?



बिजमाण्डू
२०८१ भदौ २१ गते १४:०९ | Sep 6, 2024
लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट पहिलो, ५.५३ प्रतिशत नगद, बोनस सेयर कति ?

काठमाडौं। एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई नगद र बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Zonsen

बैंकले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट सेयर धनीलाई नगद र बोनस सेयर गरी १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सेयरधनीलाई बैंकले चुक्ता पुँजीको ५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर प्रतिफल दिने भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने एभरेष्ट पहिलो वाणिज्य बैंक हो।

बैंकको हाल ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयर धनीले पाउनेछन्।

राष्ट्र बैंकबाट छिटो स्वीकृति पाए बैंकले दसैँअघि नै सेयरधनीको हातमा मुनाफा पुग्नेगरी साधारण सभाबाट लाभांश प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। २०७८/७९ मा ७.६८ नगद र १३ प्रतिशत बोनस सेयर लगानीकर्तालाई दिएको थियो।

त्यस्तै, बैंकले २०७७/७८ मा सेयर धनीलाई ४.३२ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर प्रतिफल दिएको थियो। बैंकले पोहोर ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको प्रति सेयर आम्दानी ३१.४४५ रुपैयाँ र प्रति सेयर नेटवर्थ २३६.०६ रुपैयाँ छ।