कोरियन कस्मेटिकको आउटलेट विस्तारमा ड्रिम स्किन केयर, दोस्रो आउटलेट लाजिम्पाटमा



बिजमाण्डू
२०८१ भदौ १८ गते १९:३२ | Sep 3, 2024
कोरियन कस्मेटिकको आउटलेट विस्तारमा ड्रिम स्किन केयर, दोस्रो आउटलेट लाजिम्पाटमा

काठमाडौं। कोरियाली कस्मेटिकको आधिकारिक बिक्रेता ड्रिम स्किन नेपालले काठमाडौंको लाजिम्पाटमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Zonsen

यसअघि मध्य बानेश्वरबाट सेवा सुरु गरेको कम्पनीले ग्राहकको मागमा लाजिम्पाटमा दोस्रो आउटलेट खोलेको जनाएको छ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ताए योङले नयाँ आउटलेट उद्घाटन गरेका छन्। उनले कोरियाली उत्पादनको बजार बढाएकामा खुशी व्यक्त गरे। ‘विश्वभर नै चर्चित रहेका कोरियन स्किन केयरका उत्पादन नेपालमा देख्न पाउँदा म धेरै खुसी छु। हामीले यी उत्पादन प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ र छोटो समयमा नतिजा प्राप्त गर्नका लागि विभिन्न चरण पालना गर्नुपर्छ,’ राजदूतले भने।

कम्पनीका निर्देशक दिलीप कुमार यादवले कोरियाली कस्मेटिकको माग धेरै रहेको भन्दै निकट भविष्यमा थप आउटलेट सञ्चालन गर्ने बताए।