महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ इसीएल लागू गर्न गर्‍यो समझदारी



बिजमाण्डू
२०८१ भदौ १८ गते १६:१४ | Sep 3, 2024
महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ इसीएल लागू गर्न गर्‍यो समझदारी
समझदारी गर्दै महालक्ष्मी विकास बैंक र केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्टसका प्रतिनिधि

काठमाडौं। महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसार एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयन गर्ने भएको छ।

Tata
GBIME
Zonsen

बैंकले यसका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्टससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापन अझ सुदृढ हुने तथा सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।

यो मोडल कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्ड पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न र वित्तीय अनुशासन अभ्यासलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।