नर्वेमा इभीमा बढ्दो आकर्षण : अगस्टमा १० हजार बढी बिक्री, बन्यो नयाँ ‘वर्ल्ड रेकर्ड’

बिजमाण्डू
२०८१ भदौ १८ गते ११:०८ | Sep 3, 2024
नर्वेमा इभीमा बढ्दो आकर्षण : अगस्टमा १० हजार बढी बिक्री, बन्यो नयाँ ‘वर्ल्ड रेकर्ड’
Photo : Reuters

नर्वेमा विद्युतीय कार (इभी) गाडीको बिक्री ह्वात्तै बढेको छ। अगस्ट महिनामामात्रै अटो बजारमा ९४.३ प्रतिशत इभी गाडी बिक्री भएको हो।

Tata
GBIME

अगस्टमा १० हजार ४८० वटा इभी खरिद भएको जनाइएको ट। यो वर्षको सुरुवातदेखि हालसम्म ६८ हजार ४३५ वटा इभी गाडी ‘रेजिस्टर’ भइसकेको छ। यससँगै नर्वेले इभी बिक्रीमा नयाँ विश्व कीर्तिमान राखेको फ्रान्स२४ ले उल्लेख गरेको छ।

युरोपका अन्य देशमा भने इभी गाडीको बिक्री स्थिर छ।

नर्वेजियन रोड फेडिरेशनका अनुसार कूल बिक्री भएको गाडीमा १८.८ प्रतिशत टेस्ला वाइ रहेको छ। यस्तै, हुन्डाईको कोना र निस्सानको लिफ पनि नर्वेजियन नागरिकको रोजाइमा परेको छ।

नर्वेले सन् २०२५ सम्म शत प्रतिशत ‘जिरो इमिसन भेहिकल’ बिक्री गर्ने लक्ष्य लिएको छ।

युरोपका अन्य देशमा पूर्वाधार अभावमा इभीको बिक्री नबढेको बेलामा नर्वे सरकारले भने इभीको प्रयोगमा कर छुट दिएको छ। जसकारण त्यहाँ इभी गाडीहरु अन्य देशको तुलनामा सस्तो छ।