सेयर बजार चलायमान भएजस्तै घरजग्गा भयो भने अर्थतन्त्रको चक्र अगाडि बढ्छ, नेपाल बैंकका सीइओको अन्तर्वार्ता



बिजमाण्डू
२०८१ भदौ ११ गते ०९:४७ | Aug 27, 2024
सेयर बजार चलायमान भएजस्तै घरजग्गा भयो भने अर्थतन्त्रको चक्र अगाडि बढ्छ, नेपाल बैंकका सीइओको अन्तर्वार्ता

तिलकराज पाण्डे नेपाल बैंककै क्याडर हुन्। लामो समय ऋण विभागमा बसेका उनी विकास बैंक हुँदै पुन: नेपाल बैंकको व्यवस्थापकीय नेतृत्वमा फर्किएका छन्। देशकै पहिलो बैंकले धेरै उतारचढावहरु व्यहोर्नु परेको छ। बीचमा विदेशी ऋण लिएरै बैंकलाई जोगाउनु परेको थियो। त्यसयता पनि बैंकिङ प्रणालीमा संकटहरु आइरहँदा नेपाल बैंक पनि प्रभावित हुने गरेको छ। यसै सन्दर्भमा बिजमाण्डूका आकाश बोगटीले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई सोधे- विकास बैंकको पृष्ठभूमि अनि अहिलेको यो बैंकिङ क्राइसिसमा पहिलो नेपाली बैंकको व्यवस्थापकीय प्रमुख नियुक्त हुनु भएको पनि ८ महिना नाघिसकेको छ। अहिलेको समग्र आर्थिक तथा बैंकिङ संकटका बीच कस्तो खालको चुनौती महसुस गरिरहनु भएको छ?

Tata
GBIME
Zonsen

अहिले नेपालको बैंकिङ कठिन परिस्थितिबाट अघि बढिरहेको छ। म नेपाल बैंक छोड्ने बेलामा कर्पोरेट क्रेडिट चिफ थिएँ। त्यस बेलामा बैंकिङ क्षेत्र उत्साहप्रद थियो। अर्थतन्त्र पनि विस्तार भइरहेकाले कर्जा लगानी गर्ने ठाउँ धेरै भएको र  निक्षेप पनि प्रशस्त नै थियो। अर्थतन्त्र विस्तार भइरहेका कारण लगानी र असुलीमा कुनै समस्या नै थिएन। सोही अनुभवका कारण त्यसबेलामा तत्कालिन भिवोर विकास बैंकमा केही समय डेपुटी सीइओ भएर काम गर्ने माैका मिल्यो।

भिवोर विकास बैंकको खराब कर्जा (एनपीएल) ३१/३२ प्रतिशत र तरलता पनि टाइट थियो। तरलता सहज हुने बित्तिकै लगानी गरिहाल्ने भएकाले कर्जा रिकभरीमा निकै ठूलो समस्या थियो। त्यसमाथि कोर बैंकिङ नलेज भएका कर्मचारी कम थिए। कुल १६०/१७० जना कर्मचारीहरुमा कोर बैंकिङ ज्ञान भएका कर्मचारीको संख्या थोरै थियो। सिक्दै सिकाउदै काम गरेपछि करिब ६ महिनापछि बैंकले पहिलो पटक नाफा गर्‍यो। बैंक सुधार भइसकेपछि विस्तारै बैंक मर्जर हुँदै अगाडि बढ्यो।

नेपाल बैंकको स्थिति भिवोर बैंक जस्तो छैन। अहिले परिस्थिति अलि फरक छ। अहिले र त्यसबेलाको अर्थतन्त्र पनि केही फरक छ। बैंकहरु अर्थतन्त्रसँगै हिड्ने गर्दछन्। अर्थतन्त्र ठूलो समुन्द्र हो भने बैंकहरु साना-साना ढुंगाहरु हुन। बैंकले अर्थतन्त्रलाई टेवा दिने, उद्योगमा लगानी गरी उद्योग फस्टाउने, कृषिमा लगानी गर्ने, सेवामा लगानी गर्ने, स्टार्टअप डेभलप गर्ने, बाहिरबाट ल्याएका वस्तुले भ्यालु एड गर्ने, रोजगारी सृजना गर्ने र जीडीपीमा योगदान पुर्‍याउने काम हो।

अहिले अर्थतन्त्रमा शिथिल छ। अर्थतन्त्र शिथिल हुँदा त्यसको असर बैंक तथा वित्तीय संस्थाहरुको कारोबारमा समेत परेको छ। अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ तर, कर्जा लगानी हुन नकेको छैन। गत वर्ष पनि साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य रहेकोमा सम्रग बैंकिङ क्षेत्रबाट करिब ६ प्रतिशतको ग्रोथ भयो।

अहिले नेपाल बैंकसँग मात्रै ४०/४२ अर्ब लगानी क्षमता छ। क्षमता भए पनि राम्रो ग्राहक नआउँदा कर्जा विस्तार गर्न नसकिएको हाे।

अहिले बैंकहरुको ‌‌‍‍औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत कम छ। नेपाल बैंकको सीडी रेसियो ७३ प्रतिशत छ। ब्याजदर जति घटाएपनि निक्षेप बढिरहने अवस्था छ। लगानी क्षमता भए पनि राम्रो ग्राहक नआउदा कर्जा दिन सक्ने अवस्था पनि छैन। २०/३० लाख रुपैयाँ ऋण प्रवाह गरेर मात्रै कर्जा बढ्ने अवस्था भएन।

अहिले नेपाल बैंकसँग मात्रै ४०/४२ अर्ब लगानी क्षमता छ। क्षमता भए पनि राम्रो ग्राहक नआउँदा कर्जा विस्तार गर्न नसकिएको हाे। अहिले समस्यामा रहेका प्रोजेक्टहरु केही लगानी विस्तार गर्ने भन्दै कर्जा माग गरेका छन् भने कोही यसअघिको कर्जा तिर्न नसकेर वाच लिस्टमा परेका प्रोजेक्टहरु आइरहेका छन्।

पहिले नै कर्जा तिर्न नसकेर वाच लिस्टमा परेको परियोजनामा थप कर्जा विस्तार गर्न सकिने अवस्था पनि भएन। हामीले कर्जा दिनु भन्दा पहिले सम्भाव्यता अध्यन गरेर, लगानी उठ्ने देखेपछि मात्रै लगानी गरिरहेका छाैं। हामीले दिएको कर्जा ९९.९९ प्रतिशत उठ्छ भन्ने भएपछि मात्रै लगानी गरिरहेका छाैं। सम्भाव्यता अध्ययन गर्दा फिजिबल नदेखिएका परियाेजनामा रिजेक्ट गरेका छैनाैं।

कुनै समय लगभग टाट उल्टिसकेको थियो नेपाल बैंक। ऋण लगानी डुबेको थियो। सरकारले धेरै ठूलो लगानी गरेको छ यो बैंकलाई जोगाउन। अहिले फेरि खराब ऋणको स्तर बढेको छ। कसरी विश्लेषण गर्नु हुन्छ?

त्याेबेला र अहिलेको नेपाल बैंकको अवस्था फरक छ। त्यतिबेला नेपाल बैंकको खराब कर्जा ६० प्रतिशत थियाे भने अहिले ३.२८ प्रतिशत छ। अहिले बैंकसँग उच्च क्वालिटीका कर्मचारी छन्। बैंक डिजिटलाइज निकै अघि बढिसकेको अवस्था छ। अहिले कुल काराेबारको करिब ७५ प्रतिशत काराेबार डिजिटल हुन्छ। त्यतिबेला बैंकका सर्कुलर छरपष्ट थिए।

अप्रेसनका सम्पूर्ण काम म्यानुल थिए, क्रेडिट पोलिसी गाइड लाइनअनुसार काम भइरहेको थिएन। त्यसरी बैंकको खराब कर्जा चुलिएको अवस्था थियो। अन्तर्राष्ट्रिय अडिटले गरेको प्रतिवेदनमा खराब कर्जा ६० प्रतिशत देखिएपछि बैंकलाई रेस्क्यु गर्नु पर्छ भनेर सरकारले फाइनान्सियल रीस्ट्रक्चर कार्यक्रमअन्तर्गत सहयोग गरेको थियाे।

सरकारले अन्तर्राष्टियस्तरको टिमलाइ ल्याएर सुधार गरेको थियो। सोही सुधारको बेलामा हामीले अन्तर्राष्टिय प्राक्टिस पनि सिक्न पायाैं। र, अप्रेशन म्यानुल, क्रेडिट पोलिसी गाइड लाइन कसरी चलाउने भन्ने कुरा सिक्न अवसर मिल्यो। अन्तर्राष्ट्रिय प्राक्टिससहित धेरै कुरा सिकाएर बैंकलाई राम्रो अवस्थामा पुर्‍याउनु भयो। बैंक सबल अवस्थामा पुगेपछि राष्ट्र बैकले २०७१ सालमा छाेड्यो। त्यसपछि बैंकको प्रमुख कार्यकारी अधिकृत बाहिरबाट नियुक्त गर्ने व्यवस्था बन्यो। र, यसअघि दुई जनाले आफ्नो कार्यकाल पुरा गरेर गएपछि म तेस्रो सीइओको रुपमा जिम्मेवारी पाएको हुँ।

अहिले बैंकको खराब कर्जा बढेको देखिन्छ। गत वर्ष राष्ट्र बैंकले केही ठूला ऋण दुरुपयोग भयो भनेपछि त्यस्ता कर्जामा १०० प्रतिशत प्रोभिजन गरेका थियौं। त्यसको असरले खराब ऋण बढेको हो। अहिले खराब कर्जा कम गर्न रिकभरीका लागि स्पेशल टिम नै बनाएर काम गरिरहेका छाैं। फलस्वरुप खराब कर्जा सुधार भइरहेको छ। सम्रग बैंकहरुसँग एनपीएल तुलनामा गर्दा हामी ७/८ नम्बरमा छौं। साथै, बैंकको वितरण योग्य नाफा कम देखिए पनि सम्रगमा हामी ९/१० नम्बरमा छौं। यसले बैंकले राम्रो गरेको संकेत गर्दछ।

अर्थतन्त्र जुन लयमा जान्छ बैंकिङ पनि त्यसरी नै अघि बढ्छ। गत वर्ष बजेटमा एफपीओ कर तिर्नुपर्ने कुरा आयो। हामीले पनि पुरानाे आम्दानीको गत वर्ष ९८ करोड कर तिर्नुपर्‍यो। कर तिर्नुपरेको कारण केही नाफा खुम्चिएको हो।

पछिल्लो ५ वर्षमा कर्जा प्रवाह शतप्रतिशत वृद्धि हुँदा पनि नाफा भने खुम्चिन थालेको छ, लाभांश क्षमता पनि घट्दै गइरहेको छगत वर्ष त लाभाश वितरण नै गर्न सकेन। कहाँ व्यवस्थापकीय कमजोरी भइरहेको छ?

पक्कै पनि पछिल्लाे वर्षहरुमा केही नाफा खुम्चिएको कुरा सत्य हो। तर, नाफा के कारणले खुम्चिएको हाे त्यो बुझ्नुपर्ने हुन्छ।बैंकिङ क्षेत्र अर्थतन्त्रसँग जोडिएको व्यवसाय हो। अर्थतन्त्र जुन लयमा जान्छ बैंकिङ पनि त्यसरी नै अघि बढ्छ। गत वर्ष बजेटमा एफपीओ कर तिर्नुपर्ने कुरा आयो। हामीले पनि पुरानाे आम्दानीको गत वर्ष ९८ करोड कर तिर्नुपर्‍यो। ९८ करोड सरकारलाई कर तिर्नुपरेको कारण केही नाफा खुम्चिएको हो।

नाफा हामीसँगै अन्य धेरै बैंकको खुम्चिएको छ। तथापि अहिले नेपाल बैंकको ७६ करोड वितरण योग्य नाफा छ। यसले बैंकले राम्रो प्रगति गरेको संकेत गरेको पनि छ। अघिल्लो वर्षको नाफाबाट गत वर्ष २० वाणिज्य बैकहरुमा ६/७ वटाले लाभांश बाँड्न सकेनन्। हामीले पनि लाभांश बाँड्न सकेनौं। अझै कति बैंक लाभांश दिन नसक्ने अवस्थामा छन्। तर, हामी भने यो वर्ष सेयरधनीलाई ५ प्रतिशतभन्दा बढी रिटर्न दिन सक्ने अवस्थामा छाैं।

भनिन्छ नि सरकारी काम कहिले जाला घाम। सरकारी बैंक भएकाले त्यही साखले काम गर्छ, किन प्रतिस्पर्धामा उत्रने जोखिम उठाउनु भन्ने पनि होला। सरकारी भएका कारण त्यही खालको प्रतिस्पर्धी जनशक्ति पो भएनन् कि!

सरकारी बैंकमा उच्च क्वालिटीका कर्मचारी छन्। देश विदेशबाट तालिम लिएका युवा टिम छ। ग्राहकलाई दिने सेवा सुविधाको कुरामा सरकारी र प्राइभेट कुनै फरक छैन। ग्राहकलाई दिने सेवा र सुविधामा सरकारी र प्राइभेटमा कुनै भिन्नता नै छैन।

अहिले ग्राहकहरु पनि सरकारी बैंक मोर्डनाइज भइसके भन्नेमा जानकार छन्। सरकारी बैंकको सर्भिस पनि राम्रो छ भनेर ग्राहकहरुलाई थाहा छ। नेपाल बैंकमा कर्मचारीको ‌औसत उमेर ३४/३५ वर्ष छ। योङ जेनेरेसन हामीसँग छ। कतिपय बैंकहरुको तुलनामा हामीसँग योङ जेनेरेसन छ।

क्षमताको कुरा गर्दा उच्च क्वालिटीको कर्मचारी छन्। हामी आइटीमा पनि अन्य बैंकसँगै छौं। नेपाल बैंकको ७५/७६ प्रतिशत कारोबार विद्युतीय माध्यमबाट भइरहेको छ। अहिले ऋणी र निक्षेपकर्ता बैंकको सेवा सुविधामा सन्तुष्ट छन्। कर्मचारी पनि क्षमतावान नै हुनुहुन्छ। कर्मचारीलाई रेगुलर तालिम दिइरहेका छौं। आइटीमा पनि अन्य बैंकसँगै छौ। त्यसकारण सरकारी बैंक प्रतिस्पर्धामा हाेस् र टेक्नाेलाेजीमा अघि छ र जनशक्ति प्रतिस्पर्धी नै छ।

अहिलेसम्म कुनै मन्त्री, कुनै सचिवले कुनै कर्जा लगानी गरिदेउ भनेर प्रेसर दिनु भएको छैन। बैंकले प्रेसरमा लगानी गर्ने कुरा पनि हुँदैन।

नेपाल बैंकलगायत सकारी बैंकहरुमा सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गर्ने भए पनि राजनीतिक दबाब हुन्छ भन्ने छ। त्यसले गर्दा राजनीतिक दबाबमा कमसल लगानी गर्नुपर्ने बाध्यता पनि होला। पछिल्ला दिनमा कमसल ऋणहरु सरकारीमा स्वाप हुन थालेको पनि देखिन्छ। कसरी हेर्नु हुन्छ यसलाई?

सीइओ खुल्ला प्रतिस्प्रर्धाबाट आउने भएकाले कुनै राजनीतिक दबाब हुन्छ भन्ने मलाई लाग्दैन र मैले त्यस्तो महसुस पनि गरेको छैन। कमसल ऋण सरकारी बैंकमा स्वाप भएको भन्ने महसुस गरेका छैनौं।

सीइओ खुल्ला प्रतिस्पर्धाबाट आउने भएपछि राजनीतिक दबाब हुने भन्ने नै हुँदैन। कर्जा स्वाप हुँदा पनि सबै कुरा हेरेर मात्रै स्वाप गछौं। अर्को, सीइओले बिजनेस प्लान स्वीकृत गरेर आएको हुन्छ। मेराे हकमा पनि त्यही हो। अन्य कर्मचारी पनि प्रतिस्पर्धाबाट आउने हुन्।

मैले सीइओ भएर आएको ८ महिना भयो। यसअघि नेपाल बैंकको कर्जा विभागमा रहेर काम गरिसकेको थिएँ। सरकारी प्रेसरमा कर्जा लगानी भयो भन्ने बाहिर सुनिने कुरा र पत्रपत्रिकामा देखिने कुरा मात्रै हो। अहिलेसम्म कुनै मन्त्री, कुनै सचिवले कुनै कर्जा लगानी गरिदेउ भनेर प्रेसर दिनु भएको छैन। बैंकले प्रेसरमा लगानी गर्ने कुरा पनि हुँदैन। बैंकले गरेको लगानी उठ्नु पर्छ र यो पैसा यस क्षेत्रमा लगानी गर्दा उठ्छ भनेर एस्योरेन्स नभइ बैंकले कर्जा लगानी गर्दैन।

अब अलिकति समष्टिगत रुपमा कुरा गरौं। नेपालको बैंकिङ क्षेत्रमा छोटो छोटो समयमा निकै उतारचढाव देखिन्छ। खासगरी ऋण लगानी, तरलता, ब्याज दर, खराब ऋण। एक छिनमा सहज हुन्छ एकछिनमा अप्ठेरो भइहाल्छ। नेपाल बैंकदेखिको इतिहास हेर्ने हो भने हाम्रो बैंकिङ त निकै लामो भइसकेको छ। किन परिपक्वता आउन नसकेको हो बैंकिङमा?

परिपक्वता आउन नसकेको भन्न मिल्दैन। तर, बैंकले दीर्घकालीन योजना नबनाएको कुरा सत्य हो। नेपाल बैंकले मात्रै नभएर अन्य बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन योजना बनाउन नसकेका हुन्।

परिपक्वताको कुरामा नेपाल बैंकमा देश विदेशबाट ट्रेनिङ लिएको मेनपावर छ। कर्मचारी परिपक्व र इमानदार छन्। राष्ट्र बैंककाे नीति नियम मान्नेमा हामी अगाडि छौं। तर, हाम्रो मार्केट भोलाटाइल छ। हाम्रो अर्थतन्त्र कन्जमसनमा आधारित छ। अर्थतन्त्र आयातमुखी छ। जसकारण छाेटाे समयमा निकै उतारचढाव हुने गर्दछ। कुन बेलामा के हुन्छ भन्न नसकिने अवस्था नहुँदा यस्तो देखिएको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिनुमा रेमिट्यान्सको देन छ। हाम्रो देशमा उत्पादन भएर बचत भएर तरलता बढेको होइन त्यसकारण कुन बेला के हुन्छ भन्न नसकिने अवस्था छैन। ऋण लगानीको लागि अहिले हामीले मार्केट हेरेर डिसिजन गछौं। अहिले हाम्रो एसेट लाइविलिटी म्यानेजमेन्ट कमिटी छ। त्यसले मासिक रुपमा बसेर अन्तर्राष्ट्रिय र नेपालको सिनारियो  के छ भनेर अध्ययन गर्छ। अहिले हामीले होसियारीका साथ कर्जा लगानी गरिरहेका छौं। अहिले ७४ प्रतिशत सीडी रेसियो छ। यसलाई हेर्दा हामीले लगानी गर्न नसकेको हो।

हाम्रो देशमा उद्योग गर्ने भन्दा पनि व्यापार गर्न सजिलो छ। व्यापार गर्दा जुनसुकै बेलामा निस्किन सकिन्छ। तर, उद्योग सुरु गरिसकेपछि सजिलै निस्कन सकिँदैन।

अनुत्पादक क्षेत्रमा हामी गयौं भने चाँडै नै भएको तरलता सोस्छ र हामी ड्राइ हुन्छौं। त्यसपछि संकट आउँछ। पछिल्लो १५/२० बर्षको ट्रेण्ड नै यही भएको छ। हामी किन विगतबाट पाठ सिक्दैनौं?

उत्पादक र अनुत्पादक क्षेत्र भनेर कुन क्षेत्रलाई मान्ने परिभाषा क्लियर छैन। घरजग्गा व्यवसायीले हामीलाई उत्पादक क्षेत्रमा लैजाउ भन्ने गरेका छन। अटो व्यवसायीले पनि त्यही भन्छन्। औद्योगिक क्षेत्रमा बैंकहको लगानी नै कम छ। यस क्षेत्रमा लगानी कम हुनुमा पनि ऐन, कानुनको असर हो।

हाम्रो देशमा उद्योग गर्ने भन्दा पनि व्यापार गर्न सजिलो छ। व्यापार गर्दा जुनसुकै बेलामा निस्किन सकिन्छ। तर, उद्योग सुरु गरिसकेपछि सजिलै निस्कन सकिँदैन। समयसँगै परिवर्तन हुने ऐन कानुनले उद्योग दिगो रुपमा संचालन हुने नसकेको देखिन्छ। एउटा स्थिर नीति हुने हो भने उद्योगको विकास हुन्छ। अर्को, हाम्रो भारतसँग, चीनसँग जोडिएका छौं।

हाम्रो उत्पादन लागत भन्दा बाहिरबाट आउने वस्तु सस्तो भइदिँदा उद्योग धन्दाको विकास हुन नसकेको देखिन्छ। हाम्रो आफ्नो कच्चा पदार्थ कम छ। हाइड्रो, सिमेन्ट र इँटा उद्योगबाहेक हाम्रो उत्पादनका लागि कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्छ। हामीले कच्चा पदार्थ ल्याएर गरेको उत्पादन भन्दा कम मूल्यमा वस्तु आएपछि उद्योग धन्दाको विकास हुने भएन।

अधिक तरलता, सस्तो ब्याज दर, नयाँ सरकारपछि फर्किएको मनोबल आदि हेर्दा ऋण विस्तार हुनुपर्ने हो। के कारणले अझै पनि व्यवसायीदेखि उपभोगक्तासम्म ऋण लिने मनोबल आइरहेको छैन?

पक्कै पनि कर्जाको माग बढ्नु पर्ने हो। दुई ठूला पार्टी मिलेर सरकार बनेको एक महिना मात्रै भएको छ। यसैबीचमा अर्थमन्त्रीले केही गर्छु भनेर गाइडलाइन दिनुभएको छ। त्यसको कार्यान्वयन हुन बाँकी नै छ। अहिले सेयर बजारमा केही उत्साह देखिएको छ। र, पोजेटिभ रेस्पोन्स पनि गरेको छ। जसले गर्दा केही उद्योगी व्यवसायीहरु आशावादी छन्।

तर, अझै पनि उनीहरु पर्ख र हेरको अवस्थामा छन्। विस्तारै सरकारले खर्च बढाउन थाल्यो, निर्माणका काम धमाधम हुन थालेपछि सबैको कन्फिडेन्ट बढेर ऋणको माग बढ्ला। यसअघि धेरै भन्दा धेरै पैसा रियल स्टेटमा गएर बसेको छ। केही वर्ष अघि घरजग्गा बुम हुँदा केही पैसा त्यसमा गएर बसेको छ। अहिले सेयर मार्केट चलायमान भए जसरी घरजग्गा चलायमान भयो भने चक्र अगाडि बढ्छ।

हाम्राे रणनीति बिजनेस ग्रोथ गरी प्रोफिटाबिलिटी बढाउने, एनपीए म्यानेजमेन्ट गर्दै जाने, एनपीएलाई १ प्रतिशतमा राख्ने, डिजिटाइजेसन बढाउदै लैजाने नै हो।

प्रणालीमा अहिले निक्कै तरलता छ खासगरी सीडी रेसियो तर्फबाट। सँगसँगै पुँजीकोष तर्फबाट हेर्दा सीडी रेसियोतर्फबाट कायम भएको भन्दा आधा मात्र तरलता छ। ऋण लगानी राष्ट्र बैंकको लक्ष्य अनुसार गर्ने हो भने अहिलेको तरलता पर्याप्त होला?

पुँजीकोष टाइट भएको कुरालाई मनन् गर्दै राष्ट बैंकले मौद्रिक नीतिमार्फत केही थप व्यवस्था गर्न सक्ने गरी डिबेञ्चर ल्याउन सक्ने, अग्राधिकार सेयर जारी गर्न दिने भनेको छ। अब पुँजीकोष टाइट भएका कारण व्यवसाय विस्तार नगरी बस्ने भन्ने हुँदैन।

राष्ट्र बैंकले ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लगाउने भनेकोमा त्यसलाई एक वर्ष पर सारेको छ। ०.५ प्रतिशत बफर तत्कालन थप्नु नपर्ने भएपछि बैंकहरुको लगानी गर्ने मनोबल बढेको छ। टायर टुमा प्रोभिजन गर्न सक्ने व्यवस्था गरेको छ। त्यसकारण पुँजीकोष अभावका कारण बैंकहको लगानी रोकिने देखिँदैन।

हिजो १२ प्रतिशत कम पुँजीकोष भएका बैंकहरु लगानी नगर्ने कि भन्ने मनस्थितिमा भएकाहरुलाई त्यसले केही राहत दिएको छ। जसकारण पुँजीकोषका कारण अब लगानी रोकिनु पर्दैन र रोकिँदैन ।

अन्त्यमा, तपाइँ एउटा रणनीति बनाएर नेपाल बैंक आउनु भएको छ। अबको साढे तीन वर्षमा नेपाल बैंक कुन अवस्थामा पुग्छ? व्यवसायदेखि सेवासम्मका बारेमा बताइदिनु न।

हाम्रो पञ्चवर्षीय रणनीति बनाएका छौं। त्यो २०८० देखि २०८५ सम्मको योजना हो। मैले आफूले ल्याएर आएको प्लानलाई पञ्चवर्षीय रणनीति रिलेट गर्नुपर्छ। बोर्डले स्वीकृत गरेको बजेट, बोर्डले स्वीकृत गरेको प्लानसँग टाइअप गरेर लैजानु पर्छ।

हाम्राे रणनीति बिजनेस ग्रोथ गरी प्रोफिटाबिलिटी बढाउने, एनपीए म्यानेजमेन्ट गर्दै जाने, एनपीएलाई १ प्रतिशतमा राख्ने, डिजिटाइजेसन बढाउदै लैजाने नै हो। यस अवधिमा हामीले हाम्रो योजनालाई इफिसेन्सी बनाउने, ग्राहकलाई सर्भिसमा सन्तुष्ट पार्ने, ग्राहकलाई अन्य बैंकमा पाउने भन्दा राम्रो सेवा दिने, नयाँ उद्योग व्यवसायी र स्टार्टअपले कस्तो बैंकिङ प्रोडक्ट खोजेका छन त्यसलाई म्याचिङ गर्ने र जसरी हुन्छ ग्राहकलाई बेस्ट सर्भिस दिने नै प्रमुख रणनीति हो।

अब सबै इकोनोमी डिजिटलाइज भइरहेको छ। हाम्रो इकोनोमी अन्य मुलुकको जस्तो डिजिटलाइज भइरहेको छ। चेक ल्याएर आउने मानिसहरु अहिले चेक ल्याएर आउन छोडिसके। ४० वर्ष उमेरसम्मको मानिसहरु चेक ल्याएर आउन छोडिसके।

राहकले बेस्ट सर्भिस पाएमात्र त्यसले हाम्रो बिजनेश बढ्छ भन्नेमा जानकार छौं। एउटा पनि ग्राहक अनह्यापी भयो भने त्यसले बैंकको बिजनेस घट्छ भन्नेमा अवेर छौं।

नेपाल बैंकमा पनि ७५ प्रतिशत कारोबार डिजिटलाइज भइसकेको अवस्था छ। बैंकिङ कारोबारलाई डिजिटाइज ट्रान्जेसन गर्ने हाम्रो रणनीति हो। बैंक क्षेत्र सर्भिज अर्गनाइजेसन हो। ग्राहकलाइ बेस्ट सर्भिस नदिएसम्म बैंकको व्यवसाय बढ्न सक्दैन।

ग्राहकले बेस्ट सर्भिस पाएमात्र त्यसले हाम्रो बिजनेश बढ्छ भन्नेमा जानकार छौं। एउटा पनि ग्राहक अनह्यापी भयो भने त्यसले बैंकको बिजनेस घट्छ भन्नेमा अवेर छौं। अब हामीले कर्जा लगानी, निक्षेप संकलनमा धेरै नै मेहनत गर्नुपर्ने छ। अहिले नेपाल बैंक वाणिज्य बैंकहरुमा ११/१२ स्थानमा छ। यसलाई घटाएर ४/५ मा आउने हाम्रो प्लान हो। अरु बैंकहरु पनि त्यही होलान्।

हामी पनि त्यस्तै गतिमा हिडिरहेका छौं। साथै, आइटी इन्फ्रास्ट्रक्चर डेभलप गर्ने, बैंकका कमचारीलाई तालिम दिने र इफिसेन्स बनाउने, नेपाल सरकारका गाइडलाइन र बजेटका प्राथमिकता, राष्ट्र बैंकले लिएका मोनिटरी पोलिसीका प्राथमिकता जोड्दै व्यवसाय वृद्धि गर्ने नै हो। राम्रो व्यवसाय गर्न सकेपछि मुनाफा बढेर रिटर्न दिन सकिन्छ। र, सरकारलाई राम्रो कर तिर्न सकिन्छ।