आइटी इकोसिस्टमलाई प्रवर्धन गर्न नास आइटी र टीजेएफबीच रणनीतिक सहकार्य



बिजमाण्डू
२०८१ साउन २९ गते २०:५६ | Aug 13, 2024
आइटी इकोसिस्टमलाई प्रवर्धन गर्न नास आइटी र टीजेएफबीच रणनीतिक सहकार्य

काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ।

Tata
GBIME
Zonsen

मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आइटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झौता पत्रमा नास आइटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन्।

नेपालको आइटी इकोसिस्टको विकास र प्रवर्धन गर्नका लागि ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुबा संस्थाबीच सहकार्य गरिएको छ।

सम्झौतापछि नास आइटीका अध्यक्ष श्रेष्ठले नेपालको आइटी उद्योगलाई बलियो बनाउन र सशक्तीकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए।

मञ्चका अध्यक्ष पौडेलले आइटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्ने सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन सम्झौताले ठूलो भूमिका खेल्ने बताए।