सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८०% बोनस सेयर सूचीकृत, चुक्ता पुँजी ३ अर्ब ९६ करोड

बिजमाण्डू
२०८१ साउन २९ गते १८:२४ | Aug 13, 2024
सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८०% बोनस सेयर सूचीकृत, चुक्ता पुँजी ३ अर्ब ९६ करोड

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो।

Tata
GBIME

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २३.८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी अढाइ गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो।

बोनस सेयर वितरणबाट तोकिएको पुँजी नपुगेपछि कम्पनीले २७ प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ। कम्पनीले गत आर्थिक वर्ष ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।