काठमाडौं। कजारिया रमेश टायल्सले भैरहवामा नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप सञ्चालनमा ल्याएको छ।
कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको उपस्थितिमा अत्याधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलन उद्घाटन गरिएको छ।
अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ। ‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कजारियाले भने, ‘यो आधुनिक प्लान्टले हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ।’
अत्याधुनिक प्रविधिले सुसज्जित उद्योगबाट बजारको माग अनुसार उच्च गुणस्तरका टायल उत्पादन गर्ने कम्पनीले जनाएको छ।
कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले स्थानीय कच्चापदार्थ प्रयोग गरी नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए। ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो,’ उनले भने।