अपर तामाकोशीले घटायो नोक्सानी, विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड आम्दानी

बिजमाण्डू
२०८१ साउन २९ गते १२:२३ | Aug 13, 2024
अपर तामाकोशीले घटायो नोक्सानी, विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड आम्दानी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको आम्दानी बढेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बढाएसँगै नोक्सानी घटाएको हो।

Tata
GBIME

गत वर्षसम्म कम्पनी २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनी ४ अर्ब ९ करोड रुपैयाँ घाटामा थियो।

कम्पनीले पोहोर विद्युत बिक्रीवापत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ७.९३ प्रतिशतले बढी हो।

कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशतले बढेर ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रति सेयर आम्दानी १२.६९ रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३८.७० रपैयाँ ऋणात्मक थियो।

२०७९/८० मा प्रति सेयर नेटवर्थ ३८.७० रुपैयाँ रहेकामा गत असार मसान्तसम्म ५६.८८ रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब करोड रुपैयाँ पुगेको छ। ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको कम्पनीले हाल पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ।