काठमाडौं। गत आर्थिक वर्ष २०८०/०८१ मा एनएमबि लघुवित्तको खुद नाफा ६ करोड ३३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। अघिल्लो वर्ष सोही पनि लघुवित्तको खुद नाफा ४ करोड ६१ लाख ऋणात्मक थियो।
खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको खुद नाफा घटेको हो।
लघुवित्तको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत घटको छ। उसले २६ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। सञ्चालन मुनाफा ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ।
लघुवित्तले १ अर्ब निक्षेप संकलन गरी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको प्रति सेयर आम्दानी ७.४० रुपैयाँ ऋणात्मक छ।
प्रति सेयर नेटवर्थ १२९.७९ रुपैयाँ रहेको लघुवित्तको खराब कर्जा भने घटेको छ। अघिल्लो वर्ष ९.५४ प्रतिशत रहेको खराब कर्जा घटेर ६.३५ प्रतिशतमा झरेको छ। वितरणयोग्य मुनाफा ४ करोड १६ लाख ऋणात्मक छ।