काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार, टाटाका विद्युतीय गाडी खरिद गर्दा बैंकले हाल कायम आधार रेटमा अतिरिक्त १ प्रतिशत गरी कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा दिने सिप्रदी ट्रेडिङले जनाएको छ।
सिप्रदीका अनुसार अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा पाइनेछ। सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।