बीवाइडीका गाडी किन्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



बिजमाण्डू
२०८१ साउन १८ गते ११:१७ | Aug 2, 2024
बीवाइडीका गाडी किन्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ। नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले जनाएको छ।

Tata
GBIME
Zonsen

समझदारी पत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इन्ककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ। बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन्।

योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने बैंकले बताएको छ। बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ।