टाटा मोटर्स बन्यो भारतको सबैभन्दा ठूलो अटो कम्पनी, एलिट अटो निर्माताहरूको क्लबमा इन्ट्री

बिजमाण्डू
२०८१ साउन १७ गते १५:०७ | Aug 1, 2024
टाटा मोटर्स बन्यो भारतको सबैभन्दा ठूलो अटो कम्पनी, एलिट अटो निर्माताहरूको क्लबमा इन्ट्री

काठमाडौं। टाटा मोटर्स भारतको सबैभन्दा ठूलो अटो कम्पनीका भएको छ। बुधबार टाटा मोटर्स ५०.८ अर्ब अमेरिकी डलरको मार्केट भ्यालुसहित विश्वका टप टेन गाडी उत्पादक कम्पनीमा पर्ने पहिलो भारतीय कम्पनी भएको हो। जसले एलिट अटो निर्माताहरुको क्लबमा इन्ट्री गर्ने हैसियत बनाएको छ।

Tata
GBIME

यसका साथै कम्पनीले अमेरिकन कम्पनी जनरल मोटर्स र नेदरल्यान्डमा आधारित स्टेलान्टिसलाई उछिनेको छ। टप टेन कार उत्पादक कम्पनीको तालिकाको पहिलो नम्बरमा ७११.२ अर्ब डलरसहित टेस्ला छ।

दोस्रोमा ३०९ अर्ब डलरको मार्केट भ्यालुसहित टोयोटा छ। यस्तै बीवाइडी भने ९२.६ अर्ब डलरको मार्केट भ्यालुसहित तेस्रो स्थानमा छ।

क्रमश: फरारीको ७४.०२ अर्ब डलर, मर्सिडिज बेन्च ग्रुप ७१.२ डलर, पोर्से ६८.२ अर्ब डलर, बीएमडब्लु ५९.९ अर्ब डलर, फक्सवागन ५८.२ अर्ब डलर, होन्डा मोटर ५६.४ अर्ब डलरको मार्केट भ्यालु छ।

त्यसपछि टाटा मोटर्स ५०.८ अर्ब डलरको मार्केट भ्यालुसहित तालिकाको दसौं स्थानमा प्रवेश गरेको छ।