निलम्बित मुख्यसचिव अर्यालसँग अदालतमा ४ घण्टा बयान, ५० हजार धरौटीमा रिहा

बिजमाण्डू
२०८१ साउन १३ गते १८:२७ | Jul 28, 2024
निलम्बित मुख्यसचिव अर्यालसँग अदालतमा ४ घण्टा बयान, ५० हजार धरौटीमा रिहा
डा. बैकुण्ठ अर्याल


काठमाडौं। भ्रष्टाचार मुद्दा दर्ता भएपछि निलम्बनमा परेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ।

Tata
GBIME
NLIC

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु जितेन्द्र थापा र रामबहादुर थापाको इजलासमा करिब ४ घण्टासम्म भएको बयान र त्यसपछि भएको थुनछेक बहसपछि अर्याल ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। ‘आइतबार अर्यालको बयानका साथै मुद्दामा थुनछेक बहस भयो,’ कार्कीले भने, ‘इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दियो।’

डा. बैकुण्ठ अर्याल परिवारका सदस्यका साथ अदालतमा

अन्तःशुल्क स्टिकर छपाइमा भष्टाचार भएको भन्दै ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ विगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते अर्यालसहित ११ जना र एक फर्मविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरपछि अदालतले अभियुक्तहरूसँग बयान लिइरहेको छ।

डा. बैकुण्ठ अर्याल परिवारका सदस्यका साथ अदालतमा

यसै क्रममा अदालतले बयानका लागि हाजिर हुन अर्यालका नाममा ३५ दिने सूचना जारी गरेको थियो। अर्याल आइतबार बिहान साढे १० बजे अदालत हाजिर भएका थिए।

डा. बैकुण्ठ अर्याल परिवारका सदस्यका साथ अदालतमा

मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरेर सरुवा गरेको थियो। अर्यालविरुद्ध अख्तियारले टेरामक्स खरिदमा पनि अनुसन्धान गरिरहेको छ।

डा. बैकुण्ठ अर्याल
डा. बैकुण्ठ अर्याल परिवारका सदस्यका साथ अदालतमा
डा. बैकुण्ठ अर्याल धरौटी बुझाएर फर्किंदै

अर्यालले धरौटी बुझाएर बाहिरिने क्रममा संचारकर्मीलाई तपाईंहरुको इच्छा पूरा भएन भनी प्रतिक्रिया दिएका थिए।