नेपाल टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

बिजमाण्डू
२०८१ साउन ९ गते १७:३० | Jul 24, 2024
नेपाल टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

काठमाडौं। नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ। टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी एफटीटीएच जडान अनुरोध दर्ता गर्नेदेखि आवश्यकता अनुसारका  प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

यसैगरी टेलिकमले सोही नम्बरमार्फत टेलिभिजन सेवा (एनटीटिभी) का ग्राहकहरुलाई आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने सुविधा समेत ल्याएको छ। ग्राहकहरुले प्याकेज परिवर्तन पनि गर्न सक्ने छन्।

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको कम्पनीको भनाइ छ।