एमाले अध्यक्ष ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी, कांग्रेस एमालेका १६५ सदस्यको समर्थन

बिजमाण्डू
२०८१ असार २८ गते २२:२२ | Jul 12, 2024
एमाले अध्यक्ष ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी, कांग्रेस एमालेका १६५ सदस्यको समर्थन


काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। नेपाली कांग्रेससहितका दलको समर्थनमा १६५ सदस्यको हस्ताक्षरसहित ओलीले दाबी पेस गरेका हुन्।

Tata
GBIME
NLIC

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राति दाबी पेस गरिएको हो। दाबी पेसका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गरेका थिए। आह्वानलगत्तै ओलीले दाबी पेस गरेका हुन्।

कांग्रेस र एमालेले असार १७ गते सरकार गठनको सहमति गरेका थिए। कांग्रेस एमालेले आलोपालो प्रधानमन्त्रीमा सहमति गरेका थिए।

प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ सदस्य छन्। ओलीलाई अन्य साना दलहरुको पनि समर्थन छ।