
काठमाडौं। बागमती खोलामा बाढी आउँदा सो आसपासका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
बागमती खोलाको बाढीले बल्खुको तरकारी बजार, टेकु, सुकुम्वासी बस्ती लगायत क्षेत्र डुबानमा परेका हुन्। त्यसक्षेत्रका घरहरूमा कम्मर-कम्मरसम्म पानी पसेको छ।


गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह बढेको छ।

सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।


जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।









