‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’, नाङ्ग्लेभारे गाउँमा असार १५ को रोपाइँ

रोजन श्रेष्ठ
२०८१ असार १५ गते १७:०९ | Jun 29, 2024
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’, नाङ्ग्लेभारे गाउँमा असार १५ को रोपाइँ


काठमाडौं। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। शनिबार असार १५ गते धान दिवस पनि भएकाले रोपाइँ गरी दही चिउरा खाएर मनाएको छ।

Tata
GBIME
NLIC

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि गर्छन्।

यसैबीच, काठमाडौंको शंखरापुर नगरपालिकास्थित नाङ्ग्लेभारे गाउँमा पनि आज रोपाइँ गरिएको छ। परम्परागत रुपमा हलोले खेत जोतेर तथा आधुनिक हाते ट्र्याक्टरको प्रयोग गरेर पनि यहाँ रोपाइँ गरिएको हो।

रोपाइँ पछि खेतका गरा हरिया देखिएका छन्।