नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल फाइनान्सको सेयर मूल्य भने ९.५५ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०८१ असार १२ गते १५:११ | Jun 26, 2024
नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल फाइनान्सको सेयर मूल्य भने ९.५५ प्रतिशतले बढ्यो

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से आइतबार ११.६० अंकले घटेको हो। कारोबार रकममा पनि गिरावट आएको छ।

Tata
GBIME
NLIC

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०६०.१६ विन्दु कायम भएको छ। बजारमा १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा साधना लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ ६.३८ प्रतिशतले सस्तिएको छ।

घटेको बजारमा नेपाल फाइनान्सको सेयर मूल्य भने ९.५५ प्रतिशतले उकालो लागेको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ३० रुपैयाँ पुगेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पनि नेपाल फाइनान्स नै छ। यो कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा नेपाल फाइनान्सका अलावा अरु २ वटा फाइनान्स छन्।

आइतबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम मंगलबारको तुलनामा करिब १३ करोड कम हो।