
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप खेलेर बिहीबार स्वदेश फर्किएको छ। क्रिकेट टोली दुई वटा समूह बनाएर नेपाल फर्किएको हो।
एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। अर्को समूह बिहान १० बजे अवतरण गरेको छ। स्वदेश फर्किएको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।


अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल दोस्रो पटक टी-२० विश्वकपमा सहभागी बनेको थियो।






