सहकारीले स्वरोजगार कोषको ७२ करोड दिएनन्, घरजग्गा रोक्का राख्ने निर्णय अलपत्र

बिजमाण्डू
२०८१ असार ३ गते १६:३२ | Jun 17, 2024
सहकारीले स्वरोजगार कोषको ७२ करोड दिएनन्, घरजग्गा रोक्का राख्ने निर्णय अलपत्र

काठमाडौं। सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको करिब ७२ करोड रुपैयाँ नतिरेको पाइएको छ। ४४४ वटा सहकारी संस्थाले कोषको ७१ करोड ७८ लाख ९१ हजार रुपैयाँ तिर्न नमानेका हुन्।

Tata
GBIME

सहकारीले नतिरेको मध्ये ६१ करोड ७९ लाख ७२ हजार रुपैयाँ भाखा नाघेको सावाँ हो। यस्तै ब्याजबापत ७ करोड ८२ लाख ९५ हजार र हर्जानाबापत २ करोड १६ लाख २४ हजार रुपैयाँ नतिरेको पाइएको छ।

कर्जा नियमित रुपमा नतिर्ने सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको घरजग्गा आफ्नो नाममा रोक्का रहने बेहोराको पत्र कोषले काटे पनि कार्यान्वयन नभएको महालेखा परीक्षक कार्यालयले आफ्नो ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।