ट्यांकरचालक आन्दोलित हुँदा पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित, सरकारी पम्पमा लाइन

प्रवीण रानाभाट
२०८१ असार ३ गते १०:३५ | Jun 17, 2024
ट्यांकरचालक आन्दोलित हुँदा पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित, सरकारी पम्पमा लाइन

काठमाडौं। ट्यांकरचालक संघ आन्दोलित हुँदा काठमाडौं उपत्यकाको पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित भएको छ। आइतबार केही सीमित पम्पमा लाइन देखिन्थ्यो, सोमबार बिहानैदेखि निजी बन्द छन्, सरकारी पम्पहरुमा सवारीको लामो लाइन लागेको छ।

Tata
GBIME
NLIC

निजी क्षेत्रका पम्पहरुले ‘पेट्रोल छैन’को बोर्ड झुण्ड्याएका छन् भने प्रहरी र सेनाका पेट्रोल पम्पमा सवारीसाधनको लाइन लागेको छ। पेट्रोलियम ट्यांकरचालकहरु सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलित छन्। आइतबार नै उनीहरुले पेट्रोलियम पदार्थ ढुवानी गरेनन्, जसका कारण निजी क्षेत्रका पम्पहरुमा अभाव छ।

सबै चालक, सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिनुपर्ने, नेपाल सरकारले तोकेअनुसारको तलब व्यवस्था गरिनुपर्ने, स्वरोजगारीको हकमा मात्र लागु दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज हुनुपर्ने, तापक्रमको सही व्यवस्थापन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनुपर्ने, जोखिम भत्ता दिनुपर्ने लगायतका माग नेपाल पेट्रोलियम ट्यांकरचालक संघले अघि सारेको छ।

सरकारी पम्पहरुमा पेट्रोलियम पदार्थ गइरहेको भए पनि चालकहरुको आन्दोलनले निजी क्षेत्रद्वारा सञ्चालित पम्पको आपूर्ति रोकिएको छ। चालकहरुलाई वार्ताका लागि बोलाइएको नेपाल आयल निगमले जनाएको छ।