हिमालयन बैंकको काठमाडौंमा शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखा थापाथली सर्‍यो

बिजमाण्डू
२०८१ असार २ गते १५:१९ | Jun 16, 2024
हिमालयन बैंकको काठमाडौंमा शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखा थापाथली सर्‍यो

काठमाडौं। हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीमा स्थानान्तरण गरेको छ।

Tata
GBIME
NLIC

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये त्रिपुरेश्वर शाखालाई थापाथली स्थानान्तरण गरेको हो। बैंकले आइतबारदेखि थापाथली शाखाको नाममार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका हुन्।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि भरतपुर महानगरपालिका वडा नम्बर १ मेन रोडमा स्थानान्तरण गरेको छ। आइतबारदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सेवा प्रदान गर्ने गरी संचालनमा ल्याइएको बैंकले जानकारी दियो।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनलहरू र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।