महानगरविरुद्ध सडकमा कवाड व्यवसायी, माइतीघरमा नारा : छोटे राजाको आतंक बन्द गर

प्रवीण रानाभाट
२०८१ असार २ गते १४:०४ | Jun 16, 2024
महानगरविरुद्ध सडकमा कवाड व्यवसायी, माइतीघरमा नारा : छोटे राजाको आतंक बन्द गर

काठमाडौं। काठमाडौं महानगरपालिकाले चक्रपथ क्षेत्रभित्र कवाड व्यवसायी सञ्चालन गर्न रोक लगाए पछि त्यस क्षेत्रमा कार्यरतहरु आन्दोलनमा उत्रिएका छन्।

Tata
GBIME
NLIC

आज माइतीघरमा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। कानुनी शासन लागू हुनुपर्ने भन्दै उनीहरुले अदालतको आदेशविरुद्ध काम गर्न नहुने भन्दै नारा लगाएका थिए।

माइतीघरबाट नारा लगाउँदै कवाड व्यवसायी बानेश्वरसम्म पुगेका थिए। उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउन आदेश दिए पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको थियो। त्यसैको विरोधमा कवाडी व्यवसायी महानगर विरुद्ध फेरी प्रदर्शनमा उत्रीएका हुन्।

‘छोटे राजाहरुको आतंक बन्द गर’ भन्दै उनीहरुले महानगरका जनप्रतिनिधिविरुद्ध आक्रोश पोखेका थिए। कवाडका कारण असुरक्षा बढेको भन्दै महानगरले आफ्नो क्षेत्रमा कवाड सञ्चालन गर्न नदिने योजना बनाएको छ।