सुदूरपश्चिम सरकारले गाडीको वार्षिक कर ५ हजारसम्म बढायो, कुन सवारीसाधनले कति तिर्नुपर्छ?

बिजमाण्डू
२०८१ असार २ गते १२:५२ | Jun 16, 2024
सुदूरपश्चिम सरकारले गाडीको वार्षिक कर ५ हजारसम्म बढायो, कुन सवारीसाधनले कति तिर्नुपर्छ?

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय र इन्धनबाट संचालन हुने सवारीसाधनले वार्षिक रुपमा तिर्ने कर ५ हजारसम्म बढाएको छ। आर्थिक विद्येयक २०८१ मार्फत प्रदेश सरकारले सवारीसाधनको वार्षिक कर बढाएको हो।

Tata
GBIME

सवारीसाधन दस्तुर तथा शुल्क प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संकलन गरि मासिक रुपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ।

प्रदेश सरकारले विद्युतीय र इन्धन दुवै सवारीमा लाग्दै आएको वार्षिक करमा २ सयदेखि ५ हजारसम्म बढाएको हो। चार पाङ्ग्रे निजी इन्धन सवारी साधनको हकमा २ हजारदेखि ५ हजारसम्म वार्षिक तिर्ने कर बढाइएको छ। यस्तै चार पाङ्ग्रे सार्वजनिक इन्धन सवारी साधनको हकमा २ सयदेखि ५ हजारसम्म बढेको छ। यसैगरि, दुई पाङ्ग्रे निजी इन्धन सवारीको हकमा एक सयदेखि २ हजार ५ सयसम्म बढेको छ।

चार पाङ्ग्रे निजी इभीमा पनि प्रदेश सरकारले कर बढाएको छ। जसमा किलोवाट अनुसार २ हजारदेखि ५ हजार रुपैयाँ कर बढेको छ। दुई पाङ्ग्रे निजी इभीमा पनि २ सयदेखि ५ सय रुपैयाँ कर बढाइएको छ। सार्वजनिक इभीमा १ हजारदेखि ५ हजार रुपैयाँसम्म कर बढेको छ।

सवारी दर्ता प्रमाणपत्र ब्लु बुक नवीकरण र प्रतिलिपि दस्तुर शुल्क पनि केही बढाइएको छ। जसमा सार्वजनिक तथा निजी ठूला, मझौला तथा साना सवारीको नवीकरण दस्तुर एकदेखि दुई सयसम्म बढेको छ। प्रतिलिपि दस्तुर भने १ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, सवारी साधन दर्ता दस्तुरमा पनि वृद्धि गरिएको छ। जसमा सार्वजनिक तथा निजी ठूला, मझौला तथा साना सावरीको दर्ता दस्तुर २ सयदेखि १ हजारसम्म बढेको छ।

प्रदुषण जाँच दस्तुर, नविकरण र प्रतिलिपि तथा अन्य दस्तुर समेत बढाइएको छ। यसमा सार्वजनिक तथा निजी ठूला, मझौला तथा साना सावरीको दर्ता दस्तुर एक सयदेखि दुई सय रुपैयाँसम्म बढेको छ।

सवारी साधन कर निजी

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
१००० सीसीसम्म१९ हजार२१ हजार२ हजार बढ्यो
१००१-१५०० सीसीसम्म२१ हजार२३ हजार२ हजार बढ्यो
१५०१-२००० सीसीसम्म२३ हजार२५ हजार२ हजार बढ्यो
२००१-२५०० सीसीसम्म३२ हजार३५ हजार३ हजार बढ्यो
२५०१-२९०० सीसीसम्म३७ हजार४० हजार३ हजार बढ्यो
२९०१ सीसीदेखि माथि५३ हजार५८ हजार५ हजार बढ्यो
डोजर, इक्साभेटर, लोडर मेसिनरी३५ हजार४० हजार५ हजार बढ्यो
मिनिटिपर२५ हजार२८ हजार३ हजार बढ्यो
ट्रेक्टर४ हजार८ हजार४ हजार बढ्यो
पावर टिलर१ हजार१ हजारउस्तै दर कायम
मिनिट्रक/ मिनिबस२० हजार२३ हजार३ हजार बढ्यो
ट्रक/ बस३० हजार३५ हजार५ हजार बढ्यो

सवारी साधन कर मोटर साइकल तथा स्कुटर

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
१२५ सीसीसम्म२ हजार ५ सय२ हजार ६ सय१ सय बढ्यो
१२६-१५० सीसीसम्म४ हजार ५ सय४ हजार ८ सय३ सय बढ्यो
१५१-२५० सीसीसम्म५ हजार ५ सय६ हजार५ सय बढ्यो
२५१-४०० सीसीसम्म८ हजार१० हजार२ हजार बढ्यो
४०१ सीसीदेखि माथि९ हजार११ हजार ५ सय२ हजार ५ सय बढ्यो

सवारी साधन कर सार्वजनिक सवारी

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
१३०० सीसीसम्म८ हजार१० हजार२ हजार बढ्यो
१३०१-२००० सीसीसम्म१० हजार१२ हजार२ हजार बढ्यो
२००१-२९०० सीसीसम्म११ हजार१३ हजार२ हजार बढ्यो
२९०१-४००० सीसीसम्म१३ हजार१५ हजार२ हजार बढ्यो
४००० सीसीभन्दा माथि१५ हजार१८ हजार३ हजार बढ्यो
मिनि ट्रिपर१२ हजार
डोजर, इक्साभेटर, लोडर मेसिनरी१५ हजार२० हजार५ हजार बढ्यो
मिनिटिपर१२ हजार१५ हजार३ हजार बढ्यो
ट्रेक्टर१ हजार ५ सय२ हजार ५ सय१ हजार बढ्यो
पावर टिलर१ हजार१ हजार २ सय२ सय बढ्यो
मिनिट्रक/ मिनिबस१० हजार१३ हजार३ हजार बढ्यो
ट्रक/ बस१६ हजार२० हजार४ हजार बढ्यो

सवारी साधन कर चार पाङ्ग्रे इभी

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
४९ किलोवाटसम्म१० हजार१२ हजार२ हजार बढ्यो
४९-१२५ किलोवाटसम्म१५ हजार१८ हजार३ हजार बढ्यो
१२५-२२५ किलोवाटसम्म२० हजार२४ हजार४ हजार बढ्यो
२२५ किलोवाटदेखि माथि३० हजार३५ हजार५ हजार बढ्यो

दुई पाङ्ग्रे इभी

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
५०० वाटसम्म१ हजार१ हजार २ सय२ सय बढ्यो
५०१-१००० वाटसम्म१ हजार ५ सय१ हजार ७ सय२ सय बढ्यो
१००१-१५०० वाटसम्म२ हजार२ हजार ३ सय३ सय बढ्यो
१५०१ वाटमाथि३ हजार३ हजार ५ सय५ सय बढ्यो

सार्वजनिक इभी चार पाङ्ग्रे

सवारीको किसिमवार्षिक कर २०८०वार्षिक कर २०८१कति परिवर्तन
४९ किलोवाटसम्म२ हजार ५ सय३ हजार ५ सय१ हजार बढ्यो
४९-१२५ किलोवाटसम्म४ हजार ५ सय६ हजार१ हजार ५ सय बढ्यो
१२५-२२५ किलोवाटसम्म१० हजार१३ हजार३ हजार बढ्यो
२२५ किलोवाट माथि१५ हजार२० हजार५ हजार बढ्यो