अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा स्थिर, कतिमा हुँदै छ कारोबार ?

बिजमाण्डू
२०८१ जेठ २८ गते ११:०२ | Jun 10, 2024
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेपनि स्थानीय बजारमा घट्बढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

सोमबार सुनको भाउ प्रतितोला एक लाख ४१ हजार रुपैयाँ रहेको छ।

आइतबार सुन तोलामा ४ हजार रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ थियो। पछिल्लो समय चाइना सेन्ट्रल बैंकले सुन खरिद गर्न छोडेपछि मूल्य घटेको हो।

चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८२५ रुपैयाँ नै कायम छ।

अन्तर्राष्ट्रिय बजारमा भने १.६३ डलरले सुनको मूल्य बढेको छ। सोमबार सुन प्रतिऔँस २२९५.४७ डलर छ। आइतबार सुन प्रतिऔँस २२९३.८४ डलर थियो।

चाँदी पनि बढेको हो। आइतबार प्रतिऔँस २७.१७ डलर रहेको चाँदी सोमबार प्रतिऔँस २९.५४ डलर छ।