ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ संचालनमा, स्वचालित बैंकिङ सेवाहरू प्रदान गर्ने

बिजमाण्डू
२०८१ जेठ २७ गते १७:३२ | Jun 9, 2024
ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ संचालनमा, स्वचालित बैंकिङ सेवाहरू प्रदान गर्ने

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्‍न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ संचालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

आइतबार बैंकमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको संचालनले डिजिटल बैंकिङलाई प्रवर्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ।’

यो पहल ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा भएको उनले बताए।

‘हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ,’ उनले भने।

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको उनले बताए। डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले अपेक्षा गरेको छ।

कार्यक्रममा बैंकका संचालकहरू, प्रमुख कार्यकारी अधिकारी लगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति थियो।