
काठमाडौं । सडक विभागले न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले खनेको सडक कालोपत्र गरेको छ। आफ्ने क्षेत्राधिकार भित्र पर्ने सडक क्षेत्रमा अनुमति बिना महानगरले काम गरेको भन्दै विभाग ‘एक्सन’मा उत्रिएको हो।
महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा फुटपाथ चौडा गर्ने भन्दै सडक काट्न लगाएका थिए। विभागले भने सो कार्य नगर्न महानगरलाई पटकपटक ताकेता गरेको थियो।

महानगरले सो आग्रहको वेवास्ता गरेको भन्दै विभागले आज सडक कालोपत्र गरेको हो।
सडक विभागले आज दर्जनौंको संख्यामा कर्मचारी परिचालन गरेर सडक पिच गरेको हो। विभाग सडकमा ओर्लिएपछि महानगर प्रहरीले रोक्ने प्रयास गरेका थिए।
केही बेर दुवै पक्षबीच भनाभन समेत भएको थियो। यद्यपि, विभागले महानगरले भत्काएको पूरै सडक कालोपत्र गरेको हो।




