काठमाडौं महानगरपालिकाले सडक विभाग र सडक डिभिजनको गेटमा थुपारिदियो धुलो

प्रवीण रानाभाट
२०८१ जेठ १२ गते १८:५३ | May 25, 2024
काठमाडौं महानगरपालिकाले सडक विभाग र सडक डिभिजनको गेटमा थुपारिदियो धुलो


काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेटमा धुलो थुपारिदिएको छ।

Tata
GBIME
NLIC

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै महानगरले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेटमा धुलो थुपारिदिएको हो।

मेयर बालेन साहले सामाजिक सञ्‍जालमार्फत काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात रहेको भन्दै महानगरवासीले धुलोधुँवा खानु परेको बताएका छन्।

‘त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ,’ उनले भनेका छन्।