कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

बिजमाण्डू
२०८१ जेठ ७ गते १७:४३ | May 20, 2024
कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ। बैठक बुधबार ११ बजेका लागि बोलाइएको हो।

Tata
GBIME

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य कृष्ण पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको रकम हिनामिनाको आरोपबारे संसदीय छानबिन समिति गठनको माग गरिरहँदा आफ्नो पार्टीको अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएको पृष्ठभूमिमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन्।