स्टार्टअप व्यवसाय गर्न कम्तिमा १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिइने

बिजमाण्डू
२०८१ जेठ १ गते १५:५८ | May 14, 2024
स्टार्टअप व्यवसाय गर्न कम्तिमा १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिइने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष कम्तिमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्नका लागि सहुलियतपूर्ण ऋण दिने बताएको छ।

Tata
GBIME
NLIC

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कम्तिमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियतपूर्ण ऋण दिने भनिएको हो।

सरकारले स्टार्टअप व्ययवसाय गर्नेलाई सहुलियतपूर्ण ऋण दिने भनेको यो पहिलो पटक होइन। नीति तथा कार्यक्रम र बजेटमार्फत वर्षेनि यस्तो घोषणा गरिएपनि कार्यान्वयन गरिएको छैन।

नीति तथा कार्यक्रममार्फत १ हजार लघु तथा घरेलु उद्यमीलाई ब्याजमा अनुदान दिने घोषणा सरकारले गरेको छ।