सेयर बजारमा २८.६२ अंकको बढोत्तरी, लघुवित्त र जलविद्युतका सेयरमा उछाल  

बिजमाण्डू
२०८१ जेठ १ गते १५:३५ | May 14, 2024
सेयर बजारमा २८.६२ अंकको बढोत्तरी, लघुवित्त र जलविद्युतका सेयरमा उछाल  

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम आउने दिन सेयर बजार सकारात्मक छ। नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ। लघुवित्त र जलविद्युत उपसमूहले मंगलबार बजार उचालेको हो।

Tata
GBIME
NLIC

९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ। सोमबार ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १३ उपसमूहमा सबै बढेका छन्। सर्वाधिक लघुवित्त ३.४४ र जलविद्युत उपसमूह ३.२२ प्रतिशतले बढेका छन्। 

२१९ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। सेयरमूल्य बढेका कम्पनीमा लहरै ६ वटा लघुवित्त छन्। समाज, उपकार र युनिक नेपाल लघुवित्तको सेयर बढेर सर्किट लागेको छ। जनउत्थान, मानुषी लघुवित्त पनि सर्किटस्तरमा बढेको छ।

२२ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ता ४.६४ प्रतिशत नोक्सानमा रहे भने ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक सीइबीडी हाइड्रोपावर कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। शाइन रेसुंगा विकास बैंकको ११ करोड ६१ लाख र आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।