इन्स्योरेन्सले बढाए सेयर बजार, नेप्से ८.२६ अंकले बढ्यो, ३ अर्ब १५ करोडको कारोबार

बिजमाण्डू
२०८१ बैशाख ३० गते १५:३४ | May 12, 2024
इन्स्योरेन्सले बढाए सेयर बजार, नेप्से ८.२६ अंकले बढ्यो, ३ अर्ब १५ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक आइतबार ८.२६ अंकले वृद्धि भएर १९७४.५० विन्दुमा पुगेको छ। फाइनान्स, होटल तथा पर्यटन र उत्पादनमूलक बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME

निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै २.६४ प्रतिशतले बढेको छ। जीवन बीमा उपसमूहको सूचक पनि १.२५ प्रतिशतले उकालो लागेको छ।

इन्स्योरेन्स कम्पनीहरुले चालु आर्थिक वर्ष ९ महिनामा खुद नाफा ४८.५५ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेका थिए। त्यसको प्रभावस्वरुप ११ वटा जीवन बीमा र १२ वटा निर्जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ।

जीवनतर्फ सिटिजन लाइफको भाउ सस्तिएको छ। यो कम्पनीले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको छैन।

आइतबार कारोबारमा आएका ३११ कम्पनीमध्ये १२७ वटाको सेयर मूल्य बढेको छ।

सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

१११ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ५.४४ प्रतिशतले गुमाएका छन्।

होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै २.४० प्रतिशतले घटेको छ।

बजारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको १० करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।