चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएलले निर्माण गर्‍यो १५ वर्ष ‘लाइफ’ भएको ब्याट्री

बिजमाण्डू
२०८० चैत्र ३० गते ०८:३४ | Apr 12, 2024
चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएलले निर्माण गर्‍यो १५ वर्ष ‘लाइफ’ भएको ब्याट्री

काठमाडौं । चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएलले १५ वर्ष लाइफ भएको ब्याट्री निर्माण गरेको छ। सो ब्याट्रीले १५ लाख किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ।

Tata
GBIME
NLIC

एक हजार पटकसम्म ‘चार्जिङ लाइफ साइकल’मा पनि ब्याट्री शून्य प्रतिशत डिग्रेडेसन हुने कम्पनीले जनाएको छ। यसको ब्याट्री चिनियाँ ब्रान्डको बस निर्माता कम्पनी युतोङको इलेक्ट्रिक बसमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

गत वर्ष मात्रै सीएटीएलले १० मिनेटको चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने ब्याट्री निर्माण गरेको थियो।

अहिले विश्व बजारमा भएका इभीको ब्याट्रीहरुको लाइफ ८ वर्ष वा १ लाख ६० किलोमिटर मात्र रहेको छ। यस्तै, ब्याट्रीहरुमा कम्तिमा पाँच हजार पटकको चार्जिङ लाइफ साइकल रहेको छ। अब भने ब्याट्री उत्पादक कम्पनीहरुले ‘रिसर्च एन्ड डेभलप्मेन्ट’मा गरेको लगानीले थप नयाँ प्रविधिको भइरहेको छ।

सीएटीएस र युतोङले सन् २०१२ देखि कमर्सियल भेहिकलको लागि ब्याट्री विकास गर्न सहकार्य गरिरहेको छ। सीएटीएलको ब्याट्री इटाली, फ्रान्स, बेलायत, स्पेन र कतारलगायत ४० वटा देशहरुमा बिक्री भइरहेको छ।

चीनले अहिले इभीको लागि आवश्यक ब्याट्री निर्माणमा विश्वका अन्य विकसित देशलाई पछि पारेको छ। विश्वमा बीवाइडी र सीएटीएलको मात्रै ५० प्रतिशत ब्याट्रीको हिस्सा छ। बीवाइडी र सीएटीएलको ब्याट्री टेस्ला, फोर्ड, बीएमडब्लु, मर्सिडिज बेन्ज, किया, टोयोटासहित अन्य धेरै ब्रान्डहरुले प्रयोग गर्दै आइरहेका छन्।