
काठमाडौं। सर्वाधिक उच्चको रेकर्ड बनाइरहेको सुनको मूल्य पुनः उकालो लागेको छ। सोमबार सुन प्रति तोला १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको छ।
आइतबार तोलाको १ लाख ३० हजार रुपैयाँमा स्थिर थियो। अघिल्लो दिनका तुलनामा २ हजार १ सय रुपैयाँको बढोत्तरीसँगै शुक्रबार उक्त मूल्यमा आइपुगेको थियो। साताको दोस्रो दिन त्यसमा १ हजार ६ सय बढेर कारोबार मूल्य कायम भएको हो।
बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख २७ हजार ९ सय रुपैयाँ थियो। सुनको भाउ चालु महिना मात्रै ५ हजार ८ सय रुपैयाँ बढिसकेको छ। यो महिना घट्दा पनि तोलाको न्यूनतम १ लाख २४ हजार ५ सय रुपैयाँबाट मूल्य ओर्लिएको छैन।
चाँदी तोलाको १५ सय ३५ रुपैयाँ पुगेको छ। गत शुक्रबार कायम तोलाको १५ सय २५ रुपैयाँमा आइतबार स्थिर थियो। गत बिहीबार १५ सय १० रुपैयाँ थियो। चालु महिनाको प्रारम्भमा चाँदी तोलाको १५ सय १५ रुपैयाँ थियो। बीचमा घट्दा १४ सय ९० रुपैयाँबाट मूल्य तल गएको छैन।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन। सोमबार सुन प्रति औंस २२६०.०७ डलर पुगेको छ। यसअघि शुक्रबार चलेको प्रति औंस २२३२.७५ डलरमा आइतबारसम्म स्थिर रहेर कारोबार भएको थियो। बिहीबार २१९५.११ डलर थियो।
चाँदी प्रति औंस २५.१९ डलर पुगेको छ। यसअघि शुक्रबार कायम २४.९५ डलरमा आइतबारसम्म कारोबार भइरहेको थियो। बिहीबार २४.६५, बुधबार २४.४३ र मंगलबार २४.६४ डलरले कारोबार भएको थियो।