डिपल एस सेभेन गाडी भित्रियो नेपाली बजारमा, मूल्य ७१ लाख ९९ हजार रुपैयाँ

बिजमाण्डू
२०८० चैत्र १८ गते १९:४८ | Mar 31, 2024
डिपल एस सेभेन गाडी भित्रियो नेपाली बजारमा, मूल्य ७१ लाख ९९ हजार रुपैयाँ

काठमाडौं। टेस्ला मोडल वाइको प्रतिस्पर्धी चांगनको डिपल एस सेभेन नेपाली बजारमा सार्वजनिक भएको छ। एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले आइतबार गाडी सार्वजनिक गरेका हुन्।

Tata
GBIME
NLIC

कम पावर भेरियन्टमा १६० किलोवाट र बढी पावर भेरियन्टमा १९० किलोवाट क्षमताको मोटर उपलब्ध रहेकोमा नेपालमा भने मोटर पावर ९९ किलोवाट बनाएर गाडी भित्र्याइएको हो। धेरै मोटर पावरको गाडी महँगो पर्ने भएकाले घटाएर ल्याइएको हो।

यस्तै, ब्याट्री क्षमता डिपल एस सेभेन मा ६६.८ किलोवाट आवर (युनिट) छ। यो गाडीले एक पटकको फुलचार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ। यसको टप स्पिड १८० किलोमिटर हो।

थर्ड जेनेरेसनको अपडेटेड यो गाडीमा १५.६ इन्च सनरुफ छ। ४.७५ मिटर लामो गाडीको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य केही समयका लागि मात्रै भएको कम्पनीले जनाएको छ।