सुनील र विकलको हिरासत बसाइँ झनै लम्बियो, पछिल्लो पटक २१ दिनको म्याद थप

बिजमाण्डू
२०८० चैत्र १८ गते १६:११ | Mar 31, 2024
सुनील र विकलको हिरासत बसाइँ झनै लम्बियो, पछिल्लो पटक २१ दिनको म्याद थप


काठमाडौं। भ्रष्टाचार मुद्दा अनुसन्धानको शिलशिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलको हिरासत यात्रा लम्बिएको छ।

Tata
GBIME
NLIC

पछिल्लो पटक विशेष अदालतबाट अख्तियारले उनीहरूलाई हिरासतमा राख्न थप २१ दिनको अनुमति पाएको छ।

‘२१ दिनको म्याद थप भएको छ। यो पाँचौं पटक म्याद थप हो,’ विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने।

यसअघि चैत ४ गते १५ दिन हिरासतमा राख्ने अनुमति अख्तियारले पाएको थियो। त्यसअघि २१ दिनको म्याद थप भएको थियो।

माघ ११ गते पहिलोपटक विशेषमा म्याद थपका लागि उपस्थित गराइएको थियो। त्यसयता दुवैका कानुन व्यवसायीले जमानतमा राखेर अनुसन्धान गर्न अदालतमा माग गर्दै आएका छन्। तर, अदालतले अख्तियारको माग अनुसार नै म्याद दिँदै आएको छ।

भ्रष्टाचार निवारण ऐनअनुसार अख्तियारले १८० दिनसम्म आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।