एचआईडीसीएलको १ करोड ७८ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिजमाण्डू
२०८० चैत्र १८ गते ११:३७ | Mar 31, 2024
एचआईडीसीएलको १ करोड ७८ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। जलविद्युत विकास कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

Tata
GBIME
NLIC

कम्पनीले लिलाम बढाबढमार्फत संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीको सेयर खरिद गर्न चाहनेले वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन्।

सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।