चालु आर्थिक वर्षमा ७६ जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्छ : सञ्चार मन्त्री शर्मा



बिजमाण्डू
२०८० चैत्र ७ गते १६:३८ | Mar 20, 2024
चालु आर्थिक वर्षमा ७६ जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्छ : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन्। 

Tata
GBIME
Zonsen

झिमरुक गाउँपालिकामा आजदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पु¥याउने नीतिअनुसार काम भइरहेको बताएकी हुन्।

उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिएकी छन्।

शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताइन्।

‘इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउयन सके जनताले सहज इन्टरनेट सेवा पाउने र टेलिकमको आम्दानी वृद्धि हुनेछ। यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ,’ उनले भनिन्।

नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएकी छन्। नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उनको भनाइ थियो।

सात गाउँपालिका र दुई नगरपालिका गरि ९ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्यूठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा  नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताए।

उनका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्बे भइसकेको र गौमुखीमा सर्बेको तयारी गरिएको छ। हाल नेपाल टेलिकमले यस भेगमा चार हजार ६०८ जनालाई सेवा दिन पुग्ने फाईबर नेट उपलब्ध गराएको छ। त्यसमध्ये एक हजार ६१८ जनालाई सेवा प्रवाह गरिएको छ। प्यूठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ।