वायुसेवा निगम सुधार्न के के गर्नु पर्छ? कार्यान्वयन सिफारिस समितिले बुझायो प्रतिवेदन

बिजमाण्डू
२०८० फागुन १७ गते १५:५९ | Feb 29, 2024
वायुसेवा निगम सुधार्न के के गर्नु पर्छ? कार्यान्वयन सिफारिस समितिले बुझायो प्रतिवेदन
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाउँदै समितिका संयोजक केबी लिम्बु


काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
NLIC

पूर्व क्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो।

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरि चार वटा बुँदा समावेश गरिएको छ। पहिलो बुँदामा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने उल्लेख छ।

त्यस्तै, चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ।

प्रतिवेदनको प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएका छन्।