सानिगाड हाइड्रोको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने, दुई कम्पनीले गरे सम्झौता

बिजमाण्डू
२०८० माघ २९ गते १५:२६ | Feb 12, 2024
सानिगाड हाइड्रोको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने, दुई कम्पनीले गरे सम्झौता
सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेश श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की सम्झौता देखाउँदै

काठमाडौं। नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार, सानिगाडको प्रति सेयर १०० रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्ने छ। ६ महिनाभित्र सेयर निष्कासन नभए सम्झौता स्वतः अन्त्य हुने छ कोषले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।