बानेश्वरस्थित सडक डिभिजन कार्यालयका प्रमुखको निवासमा लागेको आगो नियन्त्रणमा

बिजमाण्डू
२०८० माघ २८ गते १६:२० | Feb 11, 2024
बानेश्वरस्थित सडक डिभिजन कार्यालयका प्रमुखको निवासमा लागेको आगो नियन्त्रणमा


काठमाडौं। बानेश्‍वरस्थित सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीको निवासमा लागेको आगो नियन्त्रणमा आएको छ।

Tata
GBIME
Nepal Life

एसी सर्ट भएर एक्कासी आगलागी भएको कार्यालयका एक कर्मचारी जानकारी दिए। आगो दिउँसो करिब २ बजेतिर लागेको थियो।

नेपाली सेना तथा काठमाडौं, ललितपुर र भक्तपुरका गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको बताइएको छ। आगलागी हुँदा डिभिजन प्रमुख भण्डारी आफ्नो कक्षमा थिए।

आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि, निवासमा क्षति पुगेको छ। आगो निभाउने क्रममा भवनमा केही रकम पनि भेटिएको थियो।