जीएसीको इलेक्ट्रिक कार ‘एयोन वाई’ काठमाडौंमा, मूल्य ४६ लाख हाराहारी कायम हुने

बिजमाण्डू
२०८० माघ २८ गते १३:०४ | Feb 11, 2024
जीएसीको इलेक्ट्रिक कार ‘एयोन वाई’ काठमाडौंमा, मूल्य ४६ लाख हाराहारी कायम हुने
'एयोन वाई' विद्युतीय कार

काठमाडौं। चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा ल्याउन लागेको जीएसीको विद्युतीय कार ‘एयोन वाई’ काठमाडौं उपत्यकामा देखिएको छ। केही दिनमा बिक्री सुरु गर्ने तयारी रहेकाले केही गाडी टेष्ट गर्नका लागि ल्याइएको कम्पनी स्रोतले जनाएको छ।

Tata
GBIME

१५० वटा ‘एयोन वाई’ केही समयअघि केरुङ नाकामा आइपुगेकामा कम्पनीले नयाँ शोरुम निर्माण गर्न समय लागेको भन्दै भन्सार पास गरेको थिएन।

यसमा ५१.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। मोटर पावर १०० किलोवाट क्षमताको छ। जसले १७६ एनएम टर्क उत्पादन गर्न सक्छ।

गाडीको मूल्य ४६ लाख हाराहारीमा राखिने कम्पनी स्रोतले बताएको छ।