‘कोभिड बीमाको इम्प्याक्ट दीर्घकालसम्म पर्छ,’ लिबर्टी माइक्राेलाइफका सीइओको अन्तर्वार्ता

बिजमाण्डू
२०८० पुष २५ गते १३:४७ | Jan 10, 2024
‘कोभिड बीमाको इम्प्याक्ट दीर्घकालसम्म पर्छ,’ लिबर्टी माइक्राेलाइफका सीइओको अन्तर्वार्ता

काठमाडौं। लघुबीमा कम्पनीले व्यवसाय संचालन अनुमति पाएको एक वर्ष पुरा भइसकेको छ। लाइसेन्स पाएका कतिपय कम्पनीले व्यवसाय नै गर्न सकेका छैनन् भने सुरु गरेकाले पनि अपेक्षित रुपमा बढाउन सकेको देखिँदैन। संचालन खर्च र कर्मचारीको तलब खुवाउनै कम्पनीलाई सकस मात्रै परेको छैन अहिले घाटामै व्यवसाय गरिरहेका छन्। नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो बेला लघुबीमाको लाइसेन्स दियो कि अर्कोतिर कम्पनीको संख्या धेरै भएको भन्दै पुँजी बढाएर मर्जर र एक्विजिसनको नीति लिएको थियो ।

Tata
GBIME
Nepal Life

ठूला कम्पनीलाई कानुन पालना गराउन नसकेको त छ नै, आफ्नै नीतिविपरीत लाइसेन्स बाँडेको प्राधिकरणले फेरि लघुबीमकमा पनि मर्जर र एक्विजीसनको नीति नल्याउला भन्न सकिन्न। व्यवसायिक संकटसँगै कम्पनीमा प्रतिष्पर्धाले लघुबीमाको औचित्यमाथि प्रश्नहरु छन्। लिबर्टी माइक्रो लाइफका सीइओ रामकुमार यादवलाई बिजमाण्डूका सुनिल कुँवरले सोधे- ठूला बीमा कम्पनीलाई व्यवसाय विस्तार गर्न हम्महम्मे छ। यस्तै बेला ७ वटा लघु बीमा कम्पनीले एकैपटक संचालन अनुमति पाए। धमाधम पोलिसी सरेण्डर भइरहँदा लघु बीमाको व्यवसायको अवस्था कस्तो छ?

अहिलेको परिस्थितिमा बीमा बजार र अर्थतन्त्रमा धेरै समस्याहरु देखिएका छन्। लघुबीमाको सवालमा बीमा प्राधिकरणले तीन जीवन र चार निर्जीवन कम्पनीलाई व्यवसाय गर्न अनुमति दिएको छ। ठूला बीमा कम्पनीले नै बिजनेस गर्न नसकिरहेको, उनीहरुको नै बिजनेस घटिरहेको अवस्थामा लघुबीमा कम्पनी किन आयो भन्ने विषय महत्त्वपूर्ण नै हो। तर, ठूला बीमा कम्पनी र लघुबीमाको उद्देश्य नै फरक छ।

यी दुईवटाको रिलेसन छैन जस्तो लाग्छ। किनभने, लघुबीमालाई आर्थिक, सामाजिक र भौगोलिक रुपमा पिछडिएको र न्यून आए भएको वर्गलाई समेट्नको निमित्त लघुबीमा कम्पनीको अवधारणा ल्याइएको हो। ठूला बीमा कम्पनी दशकौंदेखि बजारमा छन्। तर, हामीकहाँ भूगोल, जनसांख्यिरूपमा र कमजोर वर्गसँग बीमाको पहुँच पुग्न सकेको छैन। त्यसैले जुन क्षेत्र र ठाउँमा बीमाको पहुँच पुगेको छैन, त्यो ठाउँमा सुलभ रुपमा पहुँच पुर्‍याउने उद्देश्यले लघुबीमा कम्पनी स्थापना भएका हुन्।

अहिलेको शिथिल आर्थिक स्थिति हरेक क्षेत्रमा छ। यसबाट कोही अछुतो छैन। तैपनि लघुबीमाको बजार सेग्मेन्ट हो, त्यसमा हामी बिजनेस गरिरहेका छौं। अर्थतन्त्रमा देखिएको यस कठिन अवस्थाले पक्कै पनि असर पारिरहेको छ। लघुबीमा बुझाउन त्यत्ति सजिलो छैन। तर, देशको आर्थिक परिस्थिति बद्लिँदै जाने संकेत र कारणहरु पनि छन्। त्यसैले लघुबीमा कम्पनीले समेट्न खोजेको क्षेत्रलाई समेट्न सक्छ नै।

मानिसहरुले कोभिडकै बीमाको दाबी एकप्रकारले बिर्सिसकेका छन्। तर,यसको इम्प्याक्ट ठूलो र दीर्घकालसम्म पर्छ बीमा बजारमा।

अहिले पनि पोलिसीले गाइडेड गरेका निर्जीवन बीमा (बैंक ऋणबाट घर, गाडी, औद्यौगिक र व्यवसायिक) बाहेक जीवनबीमामा प्रोत्साहित गर्न धेरै नै कठिन छ। वर्षौदेखि व्यवसाय गर्दै आएका कम्पनीहरुको त व्यवसाय विस्तार सोचेअनुसार छैन, त्यसमा बुझाउनै कठिन लघु बीमाको व्यवसाय कसरी हुन्छ?

अहिले पनि हाम्रो समाज र देशमा बीमा सम्बन्धि साक्षरता निकै न्यून छ। मानिसले बीमा बुझेकै छैनन्। वास्तवमा त्यो नबुझेर पनि बीमाको दायरा बढ्न नसकेको हो। पहिलेकोभन्दा बीमाको बुझाइ फेरिएको त छ। तर, धेरै बाँकी छ। यो हिसाबले बीमाको समस्या भनेकै बीमा साक्षरताको कमी हो। लघुबीमा व्यवसाय गर्ने जुन क्षेत्र छन्, त्यसमा त झन गरिबी, अशिक्षा, विकटता लगायत थुप्रै कुराहरुको ल्याकिङ छ।

कठिनाइका बाबजुद बीमा सम्बन्धि सचेतना बढाउन हामीले धेरै गर्नुपर्ने पनि छ।

कोरोनाकालको कोभिड बीमा गरेका धेरैले दाबी भुक्तानी पाएनन्। यसले बीमाप्रति नै धेरैको वितृष्णा बढायो। सरकारले प्रतिबद्धता गरेको पैसा दिएन। लघुबीमा व्यवसाय सुरु गर्नुभएको तपाईहरुलाई त्यो वितृष्णाले असर गरेको छैन?

हामीहरु जति पनि बजारमा गइरहेका छौं, त्यहाँ यो कुरा नसुनिने होइन। पछिल्लो समय मानिसहरुले कोभिडकै बीमाको दाबी भनौं न, पाइँदैन भनेर एकप्रकारले बिर्सिसकेका छन्। तर,यसको इम्प्याक्ट ठूलो र दीर्घकालसम्म पर्छ बीमा बजारमा। यसले कम्पनीहरुको व्यवसायिक वातावरणमा समस्या पार्ने र त्यो विश्वास गुम्ने जोखिम पनि रहनसक्छ। बीमा भनेकै विश्वासमा चल्ने व्यवसाय हो। यसका केही मूल्यमान्यता र सिद्धान्त छन्। ती मूल्य मान्यताभन्दा बाहिर गएपछि इन्डष्ट्रीले नतिजा भोग्न पर्छ नै।

त्यसको जिम्मेवारी लिने काम सरकार र नियामक निकायको पनि हो। यसमा बीमा कम्पनी जिम्मेवार छैनन् भन्ने आशय होइन। तर, विश्वास र व्यवसायको वातावरण सिर्जना गर्ने भनेकै सरकारले न हो।

बजार हिस्सा ठूलो छ। बीमा कम्पनीका प्रदेशगतरूपमा व्यवसायिक क्षेत्र छन्। यद्यपि, अहिले पनि अस्वस्थ प्रतिस्पर्धा नभएका भने होइनन्।

लघुबीमाका एकैपटक सात कम्पनी आए। जीवननै तीन वटा कम्पनी छ। यसले तपाईहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा हुँदैन?

अहिलेलाई त्यो देख्दिँन। किनभने बजार हिस्सा ठूलो छ। बीमा कम्पनीका प्रदेशगतरूपमा व्यवसायिक क्षेत्र छन्। यद्यपि, अहिले पनि अस्वस्थ प्रतिस्पर्धा नभएका भने होइनन्। तिनलाई नियामक निकायले हेर्न सक्नुपर्छ र बीमा कम्पनी आफैंले पनि सही ढंगले व्यवसायमा लाग्नुपर्छ भन्ने मेरो अनुभव र सिकाइ हो। हामी कहाँ प्रोफेसनालिज्मको कमी छ। त्यसलाई स्वीकार गरेर कानुनी मापदण्ड र दायरा भित्र रहेर उद्देश्य हासिल गर्न सक्नुपर्छ।

यो अस्वस्थ प्रतिस्पर्धा देखेपछि एकैपटक यसरी एउटै क्षेत्रका धेरै कम्पनीलाई लाइसेन्स दिनु उपयुक्त होइन जस्तो लाग्दैन?

लघुबीमा आउनुअघि डेढ दर्जन बढी जीवन बीमा कम्पनी नै थिए। निर्जीवनको संख्या त्यस्तै थियो । तर, यत्ति धेरै बीमा कम्पनी हुँदा समेत लघुबीमा व्यवसाय बढ्न नसकेको तथ्य हाम्रै सामु छ। कम्पनी धेरै हुँदा समेत किन लघुबीमालाई कभर गर्न सकेन भन्ने चाहिँ स्वाभाविक प्रश्न हो।

त्यति बेलादेखि नै लघुबीमा गर्नुपर्छ भनेर सरकारले नीति बनाएको थियो। त्योअनुसार बीमा प्राधिकरणले अनिवार्य बनायो पनि। तर, ठूला बीमा कम्पनीहरुले लघुबीमा गर्नै सकेनन्। उनीहरुको फोकस नै भएनन्। सरकार र नियमनकारी निकायको लक्ष्य र सोच थियो, त्यो पुरा हुन नसकेपछि परिणाममा लघुबीमा कम्पनी खडा गरिएको हो जस्तो लाग्छ।

अहिलेको यो लघुबीमा कम्पनीको संख्या धेरै होइन। प्रदेशअनुसार यी कम्पनीले कार्यालय स्थापना गरेर व्यवसाय गरिरहेका छन्। बैंकिङ क्षेत्र हेरौं, कमर्सियल बैंकहरु थुप्रै थिए। तर, ग्रामीण क्षेत्रमा जनताको आर्थिक हिस्सासँग पहुँच पुग्न सकेन।

हाम्रो अर्थतन्त्रको आकार नै आधारभूत मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर छ। यस्तोमा यति धेरै लघु बीमा कम्पनी किन चाहिन्छ?

अहिलेको यो लघुबीमा कम्पनीको संख्या धेरै होइन। प्रदेशअनुसार यी कम्पनीले कार्यालय स्थापना गरेर व्यवसाय गरिरहेका छन्। बैंकिङ क्षेत्र हेरौं, कमर्सियल बैंकहरु थुप्रै थिए। तर, ग्रामीण क्षेत्रमा जनताको आर्थिक हिस्सासँग पहुँच पुग्न सकेन।

त्यहीकारण त विकास बैंक, वित्त कम्पनीहरु आएका हुन्। यसका नकारात्मक पक्षहरु पनि धेरै नभएका होइनन्। तर, कमजोर आय भएको ठूलो ग्रामीण जनसंख्यालाई वित्तीय दायरामा ल्यायो। वित्तीय पहुँच बढाउने सरकारको उद्देश्य त केही हदसम्म पुरा भएको मान्नुपर्छ। यहीअनुसार त्यो सेक्टरलाई बीमाको दायरामा ल्याउनुपर्छ भन्ने विगतको अनुभवलाई सरकारले लघुबीमाको उपादेयता देखेको हो जस्तो लाग्छ।

बीमा कम्पनीहरुले लघुबीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। त्यो व्यवस्थाका कारण उनीहरुले जेनतेन गरेका छन्। उनीहरुले गरेको बीमाकै आधारमा पनि लघुबीमा सजिलो होइन भन्ने देखिन्छ। त्यही सानो हिस्सामा छुट्टै लघुबीमा कम्पनीहरु कसरी बाँच्न सक्छन्?

लघुबीमा कम्पनीहरु कन्भेन्सनलभन्दा फरक किसिमले जानुपर्छ। लघुबीमा भन्नेबित्तिकै खर्च कटौती गर्नुपर्छ। किनभने, ग्रामीण क्षेत्रका हरेक ठाउँमा शाखा र कर्मचारी राख्न सम्भव छैन। न्यून रकममा बीमा उपलब्ध गराउने लघुबीमाको उद्देश्य र काम हो। त्यसतिर फोकस हुनुपर्छ भन्ने बुझाइ हो।

यही कारण बीमा कारोबारलाई पेपरलेस बनाउने लगायत संरचनात्मक काम गरिरहेका छौं। तर, ग्रामीण र दुर्गम क्षेत्रमा जानुपर्ने भएकाले एकैपटक सजिलैसँग बिजनेस बढाउन सकिन्छ भन्ने पनि होइन। पहिलो भनेको सय डेढ सय रुपैयाँमा चार-पाँच लाखसम्मको बीमा सेवा दिन्छौं भन्ने अवेयरनेस गर्न आवश्यक देखिएको छ। यो बीमितको लागि उपयुक्त भए पनि यस सम्बन्धि चेतना कम छ। त्यसैले उनीहरुलाई सचेत गराएरै लघुबीमा व्यवसाय र कम्पनीले सस्टेन गर्ने हो।

अहिलेकै अवस्थामा मर्जर र एक्विजसनमा जान हतार हुन्छ होला। किनभने, भर्खरै कम्पनीहरु खुलेर व्यवसाय सुरु गरिरहेका छन्।

सात वटा कम्पनीको अहिलेको व्यवसाय हेर्दा कुनै पनि सबल देखिँदैन। कतिपयले कर्मचारीलाई तलब नै सजिलोसँग खुवाउन सकेका छैनन्। प्रवर्धकले हालेको पैसा बैंकमा राखेर सामान्य कार्यालय संचालन गरिरहेका छन्। यसरी हेर्दा लघु बीमा कम्पनी खोल्ने र विगतको नीतिजस्तै मर्जर र एक्विजिसनमा जान्छ भन्ने मान्दा हुन्छ होइन?

कम्पनीको पुँजी लगानी भइरहेको छ। यस हिसाबले कम्पनी सञ्चालन र स्टाफ खर्च चलिरहेको छ भन्ने हो। कम्पनी स्थापना अघिको जुन आर्थिक संरचना छ। अहिले त्यही इन्भेष्टमेन्टबाटै चलिरहेको हो। अहिलेकै अवस्थामा मर्जर र एक्विजसनमा जान हतार हुन्छ होला। किनभने, भर्खरै कम्पनीहरु खुलेर व्यवसाय सुरु गरिरहेका छन्। बजारमा जाँदा सकारात्मक प्रतिक्रियाहरु पाइरहेका छौं। सबैलाई लघुबीमाको दायरामा ल्याउन सक्नुपर्छ भन्ने बुझाइ नै देखिन्छ।

बजार ठूलो पनि छ। अहिले नै यस्तो गर्न थाल्यो भने सरकारले लिएका नीति र उद्देश्य पुरा हुँदैन। बीमाप्रतिको बुझाइ सकारात्मक बन्दै गयो र त्यसअनुसार परिस्थिति सहज बन्दै गए धेरै गाह्रो पनि होइन।

लघुबीमा बाँच्ने हो भने सरकारले नीतिगत व्यवस्था गरिदिनुपर्छ। जस्तै बजेटमा लघुबीमा कार्यक्रमलाई अगाडि बढाएमा मात्रै तपाईहरु सस्टेन हुने वातावरण होला?

यो सरकारले गर्नु जरुरी छ। नियामक निकाय, सरकारबाट सहजीकरण गरिदिएर मात्रै उद्देश्य पुरा हुन्छ। श्रीलंका, पाकिस्तान लगायतका देशहरुले गरिरहेका अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्ने हो भने सरकारले नै लघुबीमालाई सहयोग गरेको देखिन्छ।

गरिब मान्छेलाई इन्स्योरेन्स गराउने उद्देश्य भएपछि उनीहरुको लागि स्थानीय, प्रदेश वा संघीय सरकारले नै सोच्नुपर्छ भन्ने लाग्छ। लघुबीमा प्रवर्द्धनका लागि स्थानीय तहले पनि आवश्यकता र महत्त्वको बारेमा बुझाइदिनुपर्छ।

कहाँ कति बेला के हुन्छ भन्ने थाहा छैन्। आर्थिक अवस्था पनि राम्रो हुँदैन। जब मानिससँग पैसा हुँदैन त्यसपछि चारैतिर गुहार्न र धाउन थाल्छ। यो विषयलाई स्थानीय सरकारले नै बुझेर बुझाउनुपर्ने देखिन्छ।

हामीले प्रस्ताव गरेको प्रडक्टमा प्राधिकरणबाट स्वीकृति आइरहेकै छ। स्वीकृति नहुने कारण क्राइटेरिया नभएपछि हो।

लघुबीमा कम्पनीको प्रडक्ट स्वीकृतिमा प्राधिकरणले ढिलाइ गरिरहेको केहीको गुनासो सुनिन्छ। केही लघुबीमकले नियामकले प्रडक्ट रोकेको छ समेत भनिरहेका छन् नि?

अहिले त्यस्तो छैन। हामीले प्रस्ताव गरेको प्रडक्टमा प्राधिकरणबाट स्वीकृति आइरहेकै छ। स्वीकृति नहुने कारण क्राइटेरिया नभएपछि हो। प्राधिकरणले दिएको गाइडलाइन अनुसार गए दिन्छ।

तीन वटा जीवनतर्फको लघुबीमामा लिबर्टीले कसरी कारोबार गरिरहेको छ?

हामीले औपचारिक रुपमा व्यवसाय पुसबाटै सुरु गरेका हौं। अहिले इटहरी, गाइघाट, बर्दिबास, वीरगंज, धनगढी, काठमाडौंमा शाखा विस्तार गरिसकेका छौं। पोखरामा मुख्य कार्यालय नै भयो। यी शाखाबाट अनलाइन र अफलाइन सेल्स गरिरहेका छौं।

त्यसैगरी, अभिकर्ता बनाउने प्रयोजनको लागि पनि ४/५ वटा तालिम सम्पन्न गरिसकेका छौं। सबै शाखा गरेर ४०० जना बढीलाई तालिम दिइएको छ। यसमा २०० जनाले कामै सुरु गरिरहेका छन् । हरेक ठाउँमा शाखा खोलेर जान अहिले कम्पनीको खर्चले धान्दैन। हाल स्थापना गरेका कार्यालयबाटै क्षेत्र तोकेर तालिम दिने र व्यवसाय बढाउने मोडलमा गइरहेका छौं।