त्रिविको उपकुलपतिका लागि तीन वर्षे अनुभव हटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिजमाण्डू
२०८० पुष २० गते १६:२३ | Jan 5, 2024
त्रिविको उपकुलपतिका लागि तीन वर्षे अनुभव हटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्‍वविद्यालयको उपकुलपति छनोटका लागि प्रकाशित विज्ञापन सच्याउन निर्देशन दिएका छन्।

Tata
GBIME

त्रिविका कुलपति समेत रहेका प्रचण्डले विश्‍वविद्यालय सुधारका लागि संसारभरबाट मान्छे आउन सक्नेगरी व्यवस्था गर्नुपर्नेमा पुरानैलाई नियुक्ति दिलाउनेगरी विज्ञापन आएको भन्दै नयाँ विज्ञापन प्रकाशन गर्न भनेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई प्रचण्डले विज्ञापन सच्चाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रबार छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचनामा ‘विश्‍वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने उल्लेख थियो। उक्त सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रचण्डले बताएका छन्। उनले पदाधिकारीमा ३ वर्षे अनुभव नराख्न निर्देशन दिएका हुन्।

विज्ञापनमा तोकिएको उक्त योग्यताले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउने प्रचण्डको भनाइ छ।

‘सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्न मन्त्रालयमार्फत समितिलाई निर्देश गर्छु,’ उनले भनेका छन्।